हेपाटाइटिस बी नियन्त्रण गर्न सफल भएकोमा नेपाललाई डब्लुएचओको सम्मान



Download our app to get more features

काठमाडौं, १९ भदौ । विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसियाली क्षेत्र हेर्ने भारतको नयाँदिल्लीस्थि कार्यालय (सेरो)को क्षेत्रीय बैठकमा नेपालले हेपाटाइटिस बी नियन्त्रण गर्न सफल भएकोमा  डब्लुएचओको सम्मान पाएको छ ।

उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले यो मंगलबार सम्मान ग्रहण गरेका हुन् । खोप कार्यक्रममार्फत्त हेपाटाइटिस बी नियन्त्रण गर्न सफल भएकोमा नेपालसहित सेरोका अन्य ३ सदस्य राष्ट्रहरु पनि सम्मानीत भएका छन् । 

श्रीलंकालाई दादुरा उन्मुलन गरेवापत सम्मान गरिएको हो । बंगलादेश, भुटान, नेपाल र थाइल्याण्डलाई हेपाटाइटिस बी नियन्त्रण गर्ने यस क्षेत्रकै पहिलो राष्ट्र भएको भन्दै सम्मान गरिएको हो । तर मालदिप्सले भने आमाबाट बच्चामा सर्ने एचआईभी र सिफलिसको संक्रमण उन्मुलन गरेवापत सम्मान पाएको हो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts