एमबिबिएस प्रवेश परीक्षा रोक्न सर्वाेच्चको आदेश



Download our app to get more features

काठमाडौं, २० भदौ । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतको एमबिबिएस प्रवेश परीक्षामा तत्काल सञ्चालन नगर्न सर्वाेच्चले अन्तरिम आदेश दिएको छ। चिकित्सा शिक्षा ऐन विपरित परीक्षा लिन लागेको भन्दै आयुष ओझाले आदलतमा रिट दायर गरेका थिए। उक्त रिटको सुनुवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले परीक्षा रोक्न आदेश दिएको हो।

शनिवार एमबिबिएसको प्रवेश परिक्षाको लागि मिति तोकिएको थियो तर सर्वाेच्चले आइओएमको प्रवेश परीक्षा तत्काललाई रोक्न आदेश दिएको हो । साथै अदालतले छलफलका लागि २५ गते अदालतमा उपस्थित हुन पनि आदेश दिएको हो। 

यस्तो छ अदालतको आदेश

Last modified on 2019-09-07 13:10:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts