नेपाल अर्बुद रोग निवारण संस्थाको ३७ औं वार्षिकोत्सवः निशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण



Download our app to get more features

काठमाडाैं, २१ भदौ । नेपाल अर्बुद रोग निवारण संस्थाले आफ्नो ३७ औं वार्षिकोत्सवको अवसरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर रोग परीक्षण गरेको छ । संस्थाले शनिबार सहिद धर्मभक्त स्कुल नख्खुमा पाठेघरको मुखको क्यान्सरको निशुल्क परीक्षण गरेको हो ।

संस्थाका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठले उक्त कार्यक्रबाट उक्त क्षेत्रका महिलामा क्यान्सर र बच्नका लागि गर्नुपर्ने उपायबारे जानकारी दिने उद्देश्य रहेको बताए । उनले आफ्नो ४५ वटा जिल्ला शाखामार्फत यस्ता किसिमका कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताए ।

अध्यक्ष श्रेष्ठले आफ्नो दैनिकीलाई परिवर्तन गर्नसके यस रोगबाट बच्न सकिने बताए ।

उनले यस कार्यक्रमलाई निरन्तरता दिँद‌ै आइरहेको माथेमा सामाजिक गूठी ,महिला समूह परिवार तथा मिरा माथेमाप्रति धन्यवाद व्यक्त गरे । उक्त शिविरमा क्यान्सर रोग विशेषज्ञ डा.सुशीला वैद्य र डा. सबिता पौडेलले सहयोग गरेका थिए । शिविरमा २ सय ५५ जना महिलाको परीक्षण गरिएको थियो ।

कार्यक्रममा संस्थाका महासचिव बिमल कुमार होडाले संस्थाबाट यस्तो कार्यक्रमलाई अझै बृहत रूपमा लाने बताए । उक्त कार्यक्रममा माथेमा समाज गूठीका प्रतिनिधि पनि सहभागी थिए ।

Last modified on 2019-09-07 16:36:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts