हैजाको प्रकोप नियन्त्रणमा उल्लेखनीय काम गरेको भन्दै स्वास्थ्यकर्मी सम्मानित



Download our app to get more features

डडेल्धुरा, २२ भदौ । १६ औँ निजामती सेवा दिवसको अवसरमा डडेल्धुरामा कार्यरत दुईजना स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ । जनस्वास्थ्य कार्यालय डडेल्धुराका हेल्थ असिस्टेन्ट प्रेम ऐर र साँदनी स्वास्थ्य चौकीका प्रमुख आनन्दकुमार यादवलाई सम्मानित गरिएको हो। दोसल्ला र प्रमाणपत्र सहित उनीहरुलाई सम्मानित गरिएको हो।

जिल्लाको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–८ जमरानीमा देखिए गम्भीर खालको झाडापखाला(हैजा)को प्रकोप नियन्त्रणमा उल्लेखिय काम गरेको भन्दै ऐर र यादवलाई सम्मान गरिएको प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले बताए ।

यस्तै झाडापखालाको प्रकोप नियन्त्रणमा उल्लेखिय काम गरेको भन्दै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नं. ४, डडेल्धुरालाई पनि सम्मान गरिएको छ।


 

Last modified on 2019-09-09 08:57:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts