चितवन मेडिकल कलेजमा तनाव, प्रकाश चन्दसहित १५ जना पक्राउ (भिडियो सहित)



Download our app to get more features

चितवन, २५ भदौ । नियमविपरित शुल्क लिएको विरोधमा चितवन मेडिकल कलेजमा जारी आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । 

सरकारले तोकेको अधिकतम शुल्क बाहेक नै विभिन्न बहानामा शुल्क असुलि गरेको भन्दै कलेजका विद्यार्थीले केहीदिनयता लगातार आन्दोलन गर्दै आएका थिए । आन्दोलनमा उत्रिएका विद्यार्थीहरुको नेतृत्व गरेका नेत्र विक्रम चन्द विप्लवका छोरा समेत रहेका विद्यार्थी नेता प्रकाश चन्द सहित १५ जना विद्यार्थीलाई प्रहरीले कलेज हाताबाटै नियन्त्रणमा लिएको हो । 
उनीहरुलाई नियन्त्रणमा लिएसँगै चितवन मेडिकल कलेज क्षेत्र तनावग्रस्त बनेको छ । 
 

भिडियो हेर्नुहोस्...

Last modified on 2019-09-11 15:42:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts