गण्डकी प्रदेशमा सापुको त्रासदी, क्षणभरमै अन्धकार बन्छ जीवन



Download our app to get more features

पोखरा, २६ भदौ । स्यांग्जाका २८ वर्षीय आनन्द सिंह दुईहप्ता अघि सँधैझैं काम सकेर सुत्ने तरखरमा थिए । तर, औछ्यानको तन्ना र बल्याङ्केटमा फोहर देखेर टक्टक्याएर सुते । राती ११ बजे उनको आखाँ चिलायो । उनले आखाँ मिचे । रात भरिको चिलाई र दुखाईले बिहानै स्वास्थ्य संस्था गए । स्वास्थ्य संस्थाको औषधिले उनको समस्या सामान्य ठिक भयो । तर उनको आखाँ पहिला जस्तो छंङ्घ भएन ।

काम विशेषले बुटवल जान लागेका उनलाई स्वास्थ्य भन्दा ठुलो काम होईन भन्ने लागेर हिमालयन आखाँ अस्पतालमा देखाउन पुगे । उनलाई सापु रोग लागेको रहेछ । हिमालयन आँखा अस्पतालका डाक्टरको सल्लाह बमोजिम बुधबार उनको शल्यक्रिया भयो । आज उनी डिस्चार्ज भएका छन् । आखाँ पहिलाको जस्तो छंङ्घ अझै हुन नसकेको उनले बताए । 

त्यस्तै अस्पतालमा अरु पनि यस्ता बिरामी आउने क्रम जारी छ । अस्पतालका नेत्ररोग विशेषज्ञ डा. उज्ज्वल गिरीले भने, “केहिदिन अघि मात्र हिमालयन आँखा अस्पतालमा स्याङ्घजाका ४ वर्षीया सनयास सिन्जालीलाई आखाँमा समस्या भएपछि ल्याइएको थियो । उनको समस्या हामीले हे¥यौं । सापु नै हो भन्ने पत्ता लगाएर हामीले उनीलाई पनि काठमाडौको टिचिङ्घमा नै रेफर गरेका छौ ।” 

‘सापु’ (सिजनल हाइपरएक्युट पनुभिआईटिस)अर्थात सेतो पुतलीले गराउने एक प्रकारको आखाँमा लाग्ने रोग हो । यो रोग पहिलो पटक पोखरास्थित लामाचौरका बिरामीमा देखापरेका थियो । नेत्ररोग विशेषज्ञ डा. मदन प्रसाद उपाध्यायले यो रोगलाई ‘सापु’ नाम दिएको सम्बन्धित क्षेत्रका विज्ञहरुले बताएका छन्् । 
पोखरा र मध्य पहाडी भेगमा मात्र पाइएको यो रोग अहिले नेपालका धेरै ठाउँमा देखिन थालेको छ । 

केहिबर्ष अघि ५ वर्ष मुनिका बच्चामा मात्र देखापर्ने गरेको भएपनि हाल सबै उमेर समुहका व्याक्तिमा यो रोग देखापर्न थालेको हिमालयन आँखा अस्पतालका वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर इलिया श्रेष्ठ बताउँछिन् । 

नेपालमा ६ सय ६० प्रजातिका पुतलीहरु पाईन्छन् । सबै किसिमका पुतलीहरुले मानिसलाई बेफाईदा नै गराउँछ भन्ने होइन । ति पुतलीहरुले प्रत्यक्ष अप्रत्यक्ष फाईदा पुर्याएको पनि हुनसक्छ । सेतो पुतली, जसमा धर्का भएको हुन्छ, त्यसले मानिसको जीवन नै अन्धकार बनाइदिन सक्छ । सेतो पुतली प्राय बत्तीको उज्यालोमा देखा पर्ने र अन्य पुतलीसरह नै बच्चाहरुले रमाइलो मानेर खेलाउने गर्दा समस्या पर्नसक्छ । 

पोखराको हिमालयन आखा अस्पतालमा उपचारको लागि आएका मध्य १० जनामा सापु भेटिएको छ । जसमध्ये ८ जनालाई काठमाडौको टिचिङ्घ अस्पतालमा रेफर गरिएको र अन्य दुई जनालाई यहिँ उपचारपछि घर पठाईएको उपचारमा संलग्न डाक्टर श्रेष्ठले बताईन् ।  “नेपालमा मात्र पाईने यो रोग ठ्याक्कै के कारणले लाग्छ भन्ने अझै पत्ता लागेको छैन ।” डाक्टर श्रेष्ठले भनिन्, “विश्व स्वास्थ्य संगठनसँग मिलेर नेपालका नेत्र रोग विशेषज्ञहरुको समुहले यो किन र कसरी लाग्छ भन्ने रिर्सच गरिरहेको छौं ।” 
सापु संक्रमण भएका ७० प्रतिशतको आखाँको ज्योति गुम्ने नेत्ररोग डाक्टर श्रेष्ठले बताईन् । उनले यसका बारेमा व्यापक जनचेतना विस्तार गर्नु आवश्यक रहेको सुझाव दिइन् । 

Last modified on 2019-09-13 08:18:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts