पहिलोपटक नेपाल मेडिसिटी अस्पतालमा बिना शल्यक्रिया पाठेघरमा रहेको ट्युमरको उपचार



Download our app to get more features

काठमाडौं, २६ भदौ । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिष्टहरुले नेपालमै पहिलोपटक पाठेघरमा भएको फाइबरलाई युटेराइन आर्टरीको इम्बोलाइजेसन गरी उपचार गरेका छन् ।   

पाठेघरलाई आपूर्ति गर्ने आर्टरीलाई बन्द गरी फाइबरलाई निष्किृय पार्ने यो पद्धतिलाई युटेराइन आर्टरी इम्बोलाइजेसन भनिन्छ । उपचारमा संलग्न चिकित्सकहरु मध्येका एक डा. ओम बिजु पन्तले यस किसिमको अभ्याँस नेपालमा यसअघि नभएको र पहिलोपटक सफल भएको बताएका छन् । 

सफल इम्बोलाइजेसन प्रक्रियामा नेपाल मेडिसिटी अस्पतालको रेडियोलोजी विभाग प्रमुख डा. राम कुमार घिमिरे, इन्टरभेन्सनल रेडियोलोजिष्ट डा. ओम बिजु पन्त , एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल भट्टराई र डा. हेमन्त अधिकारी संलग्न थिए । साधारणतया शल्यक्रिया गरी पाठेघर फाल्ने या ट्युमर फाल्ने गरिँदै आएकोमा इम्बोलाइजेसनले ट्युमरमा रक्तसञ्चार बन्द गराई ट्युमरलाई घटाउँदै लैजाने काम गर्दछ । यो प्रक्रिया ३७ वर्षीया एक महिलामा गरिएको हो जसमा बहुसंख्यामा ट्युमर देखिएको  थियो ।

Last modified on 2019-09-13 08:20:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts