स्टार हस्पिटलको चाडबाड लक्षित वृहत निःशुल्क स्वास्थ्य शिविर



Download our app to get more features

काठमाडौं, ३० भदौ । स्टार हस्पिटल सानेपा, ललितपुरले नेपालीको चाडबाड लक्षित निःशुल्क शिविर सञ्चालन गर्ने भएको छ । हस्पिटलले आउँदो १ देखि १५ असोजसम्म वृहत निःशुल्क स्वास्थ्य परामर्श शिविरको आयोजना गर्न लागेको हो । 

शिविरमा जनरल फिजिसियन, मधुमेह, थाईरोईड तथा हार्मोन रोग, जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी, स्त्री तथा प्रसुति रोग, न्यूरो फिजिसियन तथा सर्जरी र हाडजोर्नी तथा नशा रोगसम्बन्धी सेवा उपलब्ध हुने अस्पतालले जनाएको छ । शिविरमा अस्पतालले आवश्यक ल्याब परीक्षण, भर्ना शुल्क र अपरेसन लगायतका सेवामा ५० प्रतिशत छुटका साथै औषधिमा १० प्रतिशत छुट दिने जनाएको छ । साथै अस्पतालले सम्पूर्ण नेपालीमा सुख, शान्ती, समृद्धि तथा सु–स्वास्थ्यको कामना गरेको छ ।
 

Last modified on 2019-09-16 15:44:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts