मौसम परिवर्तनसँगै कसरी स्वस्थ रहने ? यस्ता छन् उपाय



Download our app to get more features

मौसम परिवर्तनसँगै मुलुकभरका विभिन्न स्वास्थ्य संस्थाहरुमा बिरामीहरुको घुँइचो लाग्न थाल्छ । सयम अनुसार जाडो र गर्मी दुवै मौसममा फरक फरक रोगको सिकार भएर अस्पताल भर्ना हुनेको संख्या हरेक वर्ष बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।

मौसम परिवर्तनको असरलाई मानव शरीरले तत्कालै परिवर्तन गर्न नसक्ने हुँदा जो कोही पनि बिरामी हुन्छ । गर्मीको मौसम शुरु भएपछि धेरै प्रकारका बिरामीहरु देखा पर्छन् । विशेषगरी मौसमी रुघाखोकी, झाडापखाला, ज्वरो, मलेरिया, डेंगु, ठेउलालगायतका रोगहरु देखा पर्छन् ।

त्यसैगरी गर्मीमा किटजन्य रोगहरु लाग्ने संभावना, सर्पले टोक्ने, चक्कर लाग्ने, बेहोस हुने, थकाइ लाग्ने संभावना पनि उत्तिकै हुने चिकित्सकहरु बताउँछन् । गर्मीको समयमा अधिकांस रोगहरु खानेकुरामा भएको प्रदुषणले हुने  गरेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख डा.वासुदेव पाण्डेयकाअनुसार गर्मीको समयमा लाग्ने अधिकांश रोगहरु खानेकुरामा हुने मिसावटबाट हुने गरेका छन् ।

अहिले विषेशगरी किटजन्य रोगको संक्रमण पनि बढ्दो हुनाले सकेसम्म सरसफाइमा नै ध्यान दिनुपर्ने उनले बताए । व्यस्त र बदलिँदो जीवनशैलीका कारण खानपानमा आम मानिसले हेलचेक्राइ गर्ने, घर बाहिरको खानेकुरा बढी खाने प्रचलन बढेकाले मौसमी रोगका बिरामीहरु बढ्ने गरेका छन् ।

रोकथाम

मौसम परिवर्तनसँगै खानेकुरामा सावधानी अपनाउनु जरुरी हुन्छ । चिकित्सकहरुका अनुसार गर्मी याममा पानीलाई शुद्धिकरण गरेर मात्र पिउनु पर्छ । त्यसैगरी व्यक्तिगत र आफ्नो बासस्थान वरपरको वातावरण सफासुग्गर राख्नुपर्छ । गर्मीको समयमा किटनासक विषादीको प्रयोग कम गर्नुपर्छ ।

वर्षा हुने बेलामा फोहोर पानीमा नहिँड्ने, जाडो अनुभव भएमा न्यानो लुगा लगाउने, तातो झोलयुक्त खाने कुरा खाने, अप्ठ्यारो भएपछि सम्बन्धीत डाक्टरलाई देखाउने । यस्तै चर्को घाममा बाहिर निस्कनुअघि आँखा र छालाको सुरक्षामा ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

Last modified on 2019-09-18 09:57:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts