बीस लाख वर्षअघि बच्चा जन्माउन अहिलेभन्दा सजिले थियो



Download our app to get more features

बिबिसी / मानवजातिका लगि बच्चालई जन्म दिनु निकै लामो र पीडादायी प्रकिया हुन सक्छ । महिलालाई सुत्केरी हुन अरूको सहयोग चाहिन्छ र कहिलेकाहीँ सुत्केरीव्यथा धेरै दिनसम्म लम्बिन सक्छ ।
तर मानवजातिसँग निकट सम्बन्ध भएका चिम्पान्जीजस्ता जीवमा किन उक्त प्रक्रिया छोटो हुन्छ र उनीहरू कसरी केही घण्टामै एक्लै बच्चा जन्माउन सक्छन् ?

क्रमिक विकाससँग सम्बन्धित यो प्रश्नको उत्तर खोज्न वैज्ञानिकहरूले मानवजातिसँग नाता भएका प्राचीन प्रजातिहरूले कसरी बच्चा जन्माउँथे भन्ने अध्ययन गरिरहेका छन् । प्राचीन जीवावशेषको अध्ययनमा लखौँ वर्षअघि मानवजस्तै जीवलाई बच्चा जन्माउन धेरै सजिलो भएको देखिएको छ ।

आजभन्दा झन्डै साढे १९ लाख वर्षअघि दक्षिण अफ्रिकामा विचरण गर्ने अस्ट्रेलेपिथेकस सेडिबा नामक प्रजातिमा बच्चा जन्मिने प्रक्रिया तुलनात्मक रूपमा सहज भएको अनुसन्धानकर्ता डा. न्याटले लैडिसिना बताउँछिन् ।
‘भ्रुणको टाउको र काँधलई आमाको कोखको सबैभन्दा साँघुरो भाग हुँदै बाहिर निस्किन पर्याप्त ठाउँ पुग्थ्यो’ उनी भन्छिन्न, ‘तर वर्तमान समयमा परिस्थिति भिन्न छ । अहिले भ्रुणको टाउको ठूलो हुने भएकाले तथा आमाको कटिको आकार र आकृतिका कारण बच्चा जन्मिन गाह्रो हुन्छ ।’

महिलालाई सुत्केरीव्यथा लगेपछि बच्चा गर्भबाट सोझै बाहिर ननिस्किएर केही चोटी घुम्छ । मानवजातिका प्राचीन नातेदारका केही पोथीको कटिको थप अध्ययन गरेपछि अनुसन्धानकर्ताहरूले मानव वंशवृक्षमा जन्म कसरी हुन्थ्यो भनेर अझ बुझ्न सक्छन । ती नातेदारमध्ये छ वटाको क्रमिक विकासको अवधि ३० लाख वर्षको छ । तर मानवजातिको विकासको क्रममा मात्रै जन्मको प्रक्रिया जटिल भएको हैन ।

बस्टन विश्वविद्यालयमा कार्यरत मानवशास्त्री लैडिसिनाका अनुसार लुसी नाम दिएकी पोथी अस्ट्रेलेपिथेकस अफारेन्सिसमा बच्चा जन्माउने प्रक्रिया अस्ट्रेलेपिथेकस सेडिबामा भन्दा जटिल थियो । भ्रुणको आकारको तुलनामा गर्भबाट बाहिर निस्किने मार्ग साँघुरो भएकाले त्यसो भएको मानिएको छ ।

उक्त पोथी अस्ट्रेलेपिथेकस अफारेन्सिस उपर्युक्त प्रजातिभन्दा झन्डै १० लाख वर्षअघि अस्तित्वमा थिई । आधुनिक कालमा कहिलेदेखि बच्चा जन्मिने प्रक्रिया जटिल भयो भन्ने प्रश्नको उत्तर दिँदै लैडिसिना मानव वंशवृक्षका प्रत्येक जीवावशेषमा छुट्टै प्रसूतिजन्य चुनौतीहरू देखा परेको बताउँछिन् । यो अध्ययन प्लस वन नामक वैज्ञानिक जर्नलमा प्रकाशित छ । हामी अहिले पनि महिलले बच्चा जन्माउने प्रक्रियामा फरक देख्छौँ । केही महिल सजिलै सुत्केरी हुन्छन् भने केही महिलालई २० घण्टाभन्दा बढी व्यथा लाग्छ तथा एकदमै पीडा हुन्छ ।
 

Last modified on 2019-09-19 15:15:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts