संविधान दिवसको पुर्व सन्ध्यामा प्रदेश ५ का विभिन्न क्षेत्रमा सरसफाई, हेरौं तस्वीरमा...



Download our app to get more features

रुपन्देही, २ असोज । संविधान दिवसको पुर्वसन्ध्यामा सामाजीक विकास मन्त्रालय र बुटबल उपमहानगरपालिकाले नगरका विभिन्न स्थानमा सरसफाई गरेको छ ।

देश भर डेंगु फैलिएको र नगरका विभिन्न क्षेत्रमा फोहर रहेकोले संविधान दिवसको पुर्व सन्ध्यामा सरसफाई अभियान सुरु गरिएको सामाजीक विकास मन्त्रालयले जनाएको छ । 

प्रदेश नं ५का समाजीक विकास मन्त्री शुदर्शन बरालको नेतृत्वमा सरसफाई भएको थियो । कार्यक्रममा  सामाजीक विकास मन्त्री बराल, सामाजीक विकास मन्त्रालयका सचिव डा. गोपी कृष्ण खनाल स्वास्थ्य निर्देशक डा. बिनोद कुमार गिरी, समाजीक मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डा. उमाशंकर चौधरी  लगायतले सरसफाई गरेका थिए ।

सामाजीक विकास मन्त्रालय तथा वुटबल वडा नं. ६ र ९ मा सरसफाई गरिएको थियो । एक जनाले सम्भव नहुने र सबै मिलेर सफा गरे नगर घर सबै सफा हुने भएकाले सरसफाई कार्यक्रम गरिएको थियो । 

हेरौं तस्वीरमा सरसफाई:

Last modified on 2019-09-20 07:34:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts