चितवन मेडिकल कलेजले विद्यार्थीसँग लिएको बढि शुल्क फिर्ता गर्ने 



Download our app to get more features

चितवन, ५ असोज । आन्दोलनरत चितवन मेडिकल कलेजका विद्यार्थी र कलेज प्रशासनबीच सहमति भएको छ । 

कलेज प्रशासनले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति भएसँगै विद्यार्थीहरुले जारी राखेको आन्दोलन स्थगन गरेका छन् । शनिवार जिल्ला प्रशासन कार्यालय चितवनमा भएको दुईपक्षीय छलफलपश्चात कलेज प्रशासन अतिरिक्त रकम फिर्ता गर्न तयार भएको हो । 

कलेजले सरकारले तोकेको भन्दा लाखौं बढि रकम लिएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए । शनिवार कलेजका तर्फबाट सञ्चालन हरिश न्यौपाने, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, विद्यार्थी नेता प्रकाश चन्द लगायतबीच भएको छलफलपछि शुल्क फिर्ता गर्ने सहमति भएको हो । कलेजले विद्यार्थीबाट सरकारले तोकेको ४२ लाखभन्दा थप १०–१५ लाख रुपैयाँसम्म विभिन्न शीर्षकबाट असुली गरेको भन्दै विद्यार्थीहरु झण्डै महिनादिनदेखि आन्दोलनमा उत्रिएका थिए । 

कलेज प्रशासनले विद्यार्थी र चौतर्फी दवाव थेग्न नसकी सहमति गर्न बाध्य भएको देखिन्छ । यद्यपी यसअघि यस्तै सहमति गर्ने पोखराको गण्डकी मेडिकल कलेजले अझै विद्यार्थीहरुबाट असुल गरिएको शुल्क फिर्ता गरेको छैन । 

Last modified on 2019-09-23 06:11:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts