डा. रंगीनाले जितिन एमएस नेपाल इन्टरनेसनल ०१९ को उपाधि 



Download our app to get more features

काठमाडौं, ५ असोज । विवाहिता महिलाबीचको सौन्दर्य प्रतियोगिता एमएस नेपाल इन्टरनेसनल–२०१९ को उपाधि डा. रंगीना लाइकमबम शाहले जितेकी छन् । प्रतियोगितामा सहभागी सातै प्रदेशका ३६ जनालाई पछि पार्दै डा. लाइकमबमले यो उपाधि हात पारेकी हुन् ।

प्रतियोगिता ४ असोज ०७६ मा नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको थियो । बिजयी डा. लाइकमबमलाई नायिका करिष्मा मानन्धरले ताज पहिराइदिएकी थिइन । पूर्वप्रधान सेनापति रुक्मांगत कटुवाल प्रमुख निर्णायक रहेको सो सौन्दर्य प्रतियोगितामा नायक राजेश हमाल र करिष्मा मानन्धरले प्रतियोगीको मुल्यांकन गरेका थिए । बिजयी डा. लाइकमबम त्रिपुरेश्वरस्थित ब्लूक्रस हस्पिटलमा आबद्ध छिन् । कार्यक्रमको हस्पिटल पार्टनरको रुपमा ब्लू क्रस हस्पिटलले उपस्थिति जनाएको थियो । 

बिजेता डा. रंगीना लाईकमबम शाहले सिंगापुरमा सम्पन्न हुने अन्तर्राष्ट्रिय स्तरको विवाहिता महिलाको सौन्दर्य प्रतियोगितामा भाग लिन पाउनेछिन् । 

Last modified on 2019-09-22 15:24:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts