विश्व फर्मासिष्ट दिवस

आफूखुशी औषधि सेवन नगर्न फर्मासिस्टहरुको सुझाव



Download our app to get more features

आज सेप्टेम्बर २५ अर्थात् “विश्व फर्मा्सिष्ट दिवस” । विश्वमै स्वास्थ्य क्षेत्रको अत्यन्त सम्मानित एवम् संवेदनशील क्षेत्र हो फार्मेसी (औषधिसँग प्रत्यक्ष सरोकार राख्ने व्यक्ति हुन् “फर्मासिसष्ट” अर्थात् “औषधिविज्ञ” । “सबैका लागि सुरक्षित र प्रभावकारी औषधि” भन्ने नाराका साथ यस वर्ष नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । 

सबैका लागि सुरक्षित र प्रभावकारी औषधि आजको आवश्यकता हो । विभिन्न अध्ययनहरूलाई हेर्ने हो भने यहाँ औषधि खान नपाएरभन्दा खाएर मर्ने तथा त्यसको शरीरमा नकारात्मक असर पर्नेहरूको सङ्ख्या बढी देखिन्छ । कारण हो, औषधिको विवेकपूर्ण प्रयोग नहुनु । हामी चिकित्सक र फर्मा्सिष्टको सल्लाहबिना नै आफूखुसी वा हचुवाको भरमा औषधि प्रयोग गछौं, अझै भनौं आफ्नो घर वा छिमेकको व्यक्तिलाई बिरामी पर्दा ल्याएको औषधि आफूलाई पनि त्यस्तै समस्या भएको त हो नि, किन जचाउँनुप¥यो, अनि किन सल्लाह लिइराख्नु प¥यो भन्छौँ र त्यसको प्रयोग गर्छौँ । त्यो औषधि आफूले प्रयोग गर्नु हुन्छ कि हुँदैन, त्यसको प्रयोगले आफ्नो स्वास्थ्यमा नराम्रो असर पो गर्छ कि ? भन्ने जस्ता कुरामा खासै ध्यान दिँदैनौं । जसको कारण हाम्रो शरीरमा सामान्यदेखि जटिल समस्या समेत नआउला भन्न सकिँदैन, त्यसले गर्दा हाम्रो शरीर जोखिममा समेत रहन सक्छ ।

रोग छिटो निको पार्ने बहानामा अनावश्यक रूपमा एन्टिबायोटिक्सको प्रयोग गर्नु, औषधि पूरा मात्रामा सेवन नगरी बीचैमा छाड्नुजस्ता विभिन्न कारणले गर्दा दिन–प्रतिदिन औषधिले काम गर्न छाड्ने नेपाल लगायत विश्वकै प्रमुख समस्या बनिरहेको छ । बच्चा जन्मेदेखि नै हाइ–डोजको एन्टिबायोटिक्स प्रयोग गर्ने एउटा संस्कार नै बनिसकेको छ । “मेरो बच्चालाई एन्टिबायोटिक्स नचलाई सञ्चै हुँदैन त्यहि दिनोस् ।” प्रत्येक आमा–बाबुको मुखबाट सुन्न सकिन्छ । त्यसले भविष्यमा आफ्नो बच्चालाई कस्तो असर गर्ला ? विचरा त्यो अबोध आमा–बाबुलाई के थाहा, त्यहाँ उनीहरूमा जानकारीको अभाव छ । औषधिको विवेकपूर्ण प्रयोगलाई ख्यालै नगरी औषधिको अन्धा–धुन्ध प्रयोग गर्दै जाने हो भने औषधीले बिस्तारै काम गर्न छाड्दै जाने र नयाँ प्रभावकारी औषधि बन्न नसक्ने हो भने स्वास्थ्य क्षेत्रमा एक समय सङ्कटकाल नआउला भन्न सकिँदैन । त्यसतर्फ फर्मा्सिष्ट, चिकित्सक, अन्य स्वास्थ्यकर्मी उपभोक्ता र सबैजना सचेत बन्नु आवश्यक छ ।

विभिन्न हस्पिटलका फार्मेसीहरू निजीकरण गरिनु जसले गर्दा आम उपभोक्ता औषधीको गुणस्तर र मूल्यमा ठगिनुपरेको गुनासाहरू बाहिर आउने गरेको छ । देशका होनाहार युवायुवतीहरू लागु औषधिको दुव्र्यसनमा फस्नु, स्वास्थ्य क्षेत्रमा अध्ययनरत विद्यार्थी र स्वास्थ्यकर्मी स्वयम् यसबाट अछुतो नरहनुस गर्भनिरोधक ७२ घण्टे आकस्मिक चक्की अस्थायी साधनका रूपमा प्रयोग गरिनुलाई युवापुस्ताले फेसन नै बनाएका छन्, जसको कारणले औषधिको दीर्घकालीन असर हुनाका साथै त्यस्ता व्यक्तिहरूले सावधानी नअपनाउँदा यौनजन्य सरुवा रोगको प्रकोप बढ्ने उच्च जोखिम समेत उत्तिकै देखिन्छ ।
  
बिना दर्ता फार्मेसी सञ्चालन गरिनु, दर्ता भएकाहरूको पनि आफ्नो लाइसेन्स नहुनु, औषधी बिक्री–वितरण गर्दा फर्मासिष्ट उपस्थित नहुनुजस्ता थुप्रै अवैधानिक गतिविधिहरू सञ्चालन भइराख्दा पनि विभिन्न कानुनहरू हुँदाहुँदै पनि औषधिको हालीमुहाली सुम्पिएर बसेको संस्था – औषधि व्यवस्था विभाग “म पिटे झैँ गर्छु तँ रोए झैँ गर्’’ भनेजस्तै गरेर मूकदर्शक बनेर बसेको देखिन्छ । यो लाचारीपन कहिलेसम्म हावी रहने हो ? फार्मेसी लगायत स्वास्थ्य क्षेत्रको समग्र विकासमा सम्बन्धित निकायको समयमै ध्यान पुगोस् । औषधि लगायत औषधिजन्य पदार्थहरूको लागि विदेशको मुख ताक्नु पर्ने अवस्था आगामी दिनहरूमा नआओस् ।

देशमा थुप्रै सम्भावनाहरू छन् त्यस्ता सम्भावनाहरू खोजी गर्न तथा औषधिजस्तो संवेदशील क्षेत्रको विकास गर्न तथा स्वास्थ्य क्षेत्रको सम्पूर्ण विकासमा फर्मासिष्टहरूको काँधमा ठूलो जिम्मेवारी आएको छ । त्यसको लागि चिकित्सक, अन्य स्वास्थ्यकर्मी, राज्य र त्यस मातहतका सम्बन्धित निकायको पनि सहयोग र साथको खाँचो छ, औषधिको विवेकपूर्ण प्रयोग, गुणस्तरीय सेवा, उचित मूल्य जस्ता कुरा कहिल्यै नभुलौँ । बिरामीको उपचार गर्नु हामी सम्पूर्ण स्वास्थ्यकर्मीको मूल उद्देश्य हो, त्यसको लागि हातेमालोँ गरौँ । कोही उपचारबाट बञ्चित हुन नपरोस् । 

फार्मेसी लगायत समग्र स्वास्थ्य क्षेत्रको सुधारको निम्ति एकजुट भएर अघि बढौँ, आफ्नो पेशाप्रति सदैव संयमित एवम् कर्म्निष्ठ भएर लाग्ने प्रेरणा मिलोस् । सबैले सुरक्षित र प्रभावकारी औषधि सेवन गर्न पाउन । विश्व फमासिस्ट दिवसको लाखौं–लाख शुभकामना ।

Last modified on 2019-09-25 10:55:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts