विश्व मुटु रोग दिवसको अवसरमा नर्भिकले विशेष प्रशिक्षण दिने



Download our app to get more features

काठमाडौं, ९ असोज । नर्भिक इन्टरनेशनल हस्पिटलले विश्व मुटु दिवसको अवसरमा विशेष प्रशिक्षण दिने भएको छ ।

अक्टोबर २९ तारिखका दिन मनाइने यस वर्षको मुटु दिवसको अवसरमा नर्भिक हस्पिटलको मुटुरोग विभागले मुटु रोगीहरुका लागि विशेष खानपिन, व्यायाम, औषधोपचार, उच्च रक्तचापको नियन्त्रण र आवश्यक विविध प्राथमिक उपचारका बारेमा उपयोगी एवम् जानकारीमुलक कार्यक्रमको आयोजना गर्न लागेकोले हो । 

कार्यक्रम शनिबार हस्पिटलको प्रारगंनमा आयोजना हुनेछ ।

टोलीमा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. यादवदेव भट्ट, चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. जे.पी जयसवाल, मुटुरोग विशेषज्ञहरु डा. नग्माश्रेष्ठ,  डा. सन्तोषलाल श्रेष्ठ र डा. राजिव श्रेष्ठ लगायतले प्रशिक्षण दिने अस्पतालले जनाएको छ ।

 

Last modified on 2019-09-26 10:16:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts