विश्व मुटु दिवस

के हो 'हर्ट फेलियर र हर्ट अट्याक' ?



Download our app to get more features

 विभिन्न अध्ययनले पछिल्लो समय हर्ट अट्याकका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको तथ्य सार्वजनिक गरिरहेका छन् । ती तथ्यलाई अस्पताल तथा चिकित्सकले पनि स्वीकारर्दै आएका छन् । त्यसमध्ये पनि विशेष गरी युवाहरूमा हर्ट अट्याक बढी चिन्ताको विषय रहेका बताउँछन् नर्भिक इन्टरनेशनल अस्पतालका मुटुरोग विशेषज्ञ डा. यादवदेव भट्ट । बदलिँदो खानपान र जीवनशैलीका कारण युवामा हर्ट अट्याकको सम्भावना बढ्दै गएको उनको भनाई छ । तर, हर्ट फेलियर र हर्ट अट्याकबीच अन्तर छुट्याउन नसक्दा हर्ट फेलियरलाई पनि हर्ट अट्याक नै सम्झने गरेको डा. भट्टले बताए । उनी भन्छन्, ‘दुवै रोग मुटुसँग सम्बन्धित र निकै खतरनाक हो, तर दुवैबीच धेरै अन्तर छ ।’

हर्ट अट्याक र हर्ट फेलियरमा फरक 
हर्ट अट्याक ब्लड क्लट अर्थात् रगत जमेपछि हुन्छ । कोरोनरी आर्टरिज अर्थात् रक्त नलीमा रगत जम्ने गर्छ । ब्लड क्लटका कारण रक्त संचारमा अवरोध उत्पन्न हुन्छ । जसले मुटुसम्म रगत र अक्सिजन पुग्न पाउँदैन । यस्तै, हर्ट फेलियर हुने कुनै निश्चित कारण हुँदैन । हर्ट फेलियर विभिन्न रोगका कारण हुन सक्छ । कोरोनरी आर्टरी डिजीज, डाइबिटीज मेलिटस, हाइपरटेन्सन र मुटुसँग सम्बन्धित कुनै रोेगका कारण हर्ट फेरियर हुन सक्छ । 

दुवै रोगको लक्षण फरक
हर्ट अट्याक हुने स्थितिमा मानिसको टाउको दुख्ने र जलन महसुस हुने, हात, घाँटी र बंगारामा पीडा हुन्छ । त्यस बाहेक मानिसलाई श्वास फेर्न गाह्रो हुने, बान्ता हुने र रिगंटा लाग्ने हुन सक्छ । 

हर्ट फेलियरको लक्षण लामो समयपछि देखिन्छ । फोक्सोमा कन्जेक्सन, एडिन्यो, खुट्टा र पेट सुन्निने, असामान्य तरिकाले तौल बढ्ने, भोक नलाग्ने, श्वास फेर्नमा गाह्रो हुने जस्ता लक्षण हर्ट फेलियरमा देखिन्छ ।  

उपचारमा अन्तर  
हर्ट अट्याकपछि मुटुलाई सामान्य बनाउन सकिन्छ । जसका लागि आर्टरीबाट ब्लकेजलाई हटाउनु पर्छ । तर, हर्ट फेलियरपछि मुटुलाई सामान्य स्थितिमा ल्याउन निकै कठिन हुन्छ । हर्ट फेलियरलाई सामान्य बनाउन जीवनशैली सुधार्ने, औषधि र अपरेशनबाट सुधार गर्ने प्रयास गर्न सकिन्छ ।

Last modified on 2019-09-29 12:10:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts