विश्व मुटु दिवस: अल्का अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



Download our app to get more features

ललितपुर,१२ असोज । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले विश्व मुटु दिवसका अवसरमा आइतबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 

‘स्वस्थ्य मुटु सुरक्षित भविष्य’ भन्ने नाराका साथ लायन्स क्लव अफ काठमाडौं अल्का र लियो क्लव अफ काठमाडौं अल्काको सहयोगमा अस्पतालले शिविर आयोजना गरेको हो। मुटु दिवसका अवसरमा अल्का अस्पतालले बिरामीहरुका लागि विभिन्न ल्याव परीक्षणमा छुट दिएको छ। 

इसिजी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण निशुल्क गरिएको अल्का अस्पतालले जनाएको छ ।  मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा चिकित्सकले सिफारिस गरेका परीक्षणहरु निशुल्क गरिएको अल्का अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिलिप थापाले बताए । उनका अनुसार निःशुल्क शिविरका जाँच गरिएका बिरामीलाई १० दिनसम्मका लागि औषधि निशुल्क वितरण गरिएको छ ।

शिविरमा जाँच गरेकाहरुको  १४ दिनसम्ममा एक पटक फलो अपमा आउँदा ओपिडी चार्ज नलाग्ने अस्पतालले जनाएको छ ।

विश्वमा हरेक वर्ष मुटु सम्बन्धि १७ लाख भन्दा बढी मानिसहरुको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। नेपालमा भने  २६ लाख मानिसमा कुनै न कुनै मुटु सम्बन्धि रोग लागेको विश्व स्वास्थ्य संगठनको तथ्थांकमा उल्लेख रहेको छ ।

धुमपान, मद्यमान नगर्ने, चिल्लो पिरो नखाने, माछामासु कम खाने र दैनिक ब्यायाम गरे मुटु रोगबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् ।

Last modified on 2019-09-29 16:31:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts