सन् २०१९ को चिकित्सा विज्ञान तर्फको नोबेल पुरस्कार यी तीनलाई



Download our app to get more features

काठमाडौं, २१ असोज । सन् २०१९ को चिकित्सा विज्ञान तर्फको नोबेल पुरस्कार ३ जनालाई प्रदान गरिने भएको छ ।

कोषहरूले अक्सिजनको मात्रालाई कसरी चिन्छन् र अङ्गीकार गर्छन् भन्ने कुरा पत्ता लगाउने तीन जना वैज्ञानिकलाई संयुक्त रूपमा यो वर्षको चिकित्सा विज्ञानतर्फको नोबल पुरस्कार प्रदान गरिने भएको छ ।

पुरस्कार पाउनेमा ब्रिटेनका सर पिटर ¥याट्क्लिफ र संयुक्त राज्य अमेरिकाका विलियम काएलिन एवम् ग्रेग सिमेन्जा रहेका छन् ।

उनीहरूको खोजले हाम्रो दैनिक शारीरिक अभ्यासदेखि धेरै उचाइमा हुँदा तथा आमाको गर्भमा हुँदा हुने विभिन्न प्रक्रियालाई समेटेको छ ।

उनीहरूको अनुसन्धानले रक्तअल्पता र क्यान्सरको उपचारको नयाँ विधिमा पनि सहयोग पुर्याएको छ ।

द स्विडिश एकेडेमीका अनुसार, “अक्सिजनको मूलभूत महत्त्वलाई शताब्दियौँदेखि बुझिँदै आएको छ, तर अक्सिजनको मात्रामा हुने परिवर्तनहरूलाई कोषहरूले कसरी चिन्छन् भन्ने कुरा अहिलेसम्म थाहा थिएन ।”

Last modified on 2019-10-08 16:51:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts