कैलालीमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दो, सबैभन्दा बढी २० वर्ष मुनिका किशोरी



Download our app to get more features

डडेल्धुरा, २३ असोज । कैलालीमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढेको छ । सुरक्षित गर्भपतन गराउनेमा अधिकांश २० वर्षमुनिका किशोरी रहेको एक तथ्याङ्कंले देखाएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीको तथ्याङ्क अनुसार हालसम्म जिल्लामा गर्भपतन गराएकामध्ये २० वर्षमुनिका किशोरीको संख्या एक हजार एक सय ८४ अर्थात ९ दशमलव ८९ प्रतिशत रहेको छ । 

आर्थिक वर्ष २०७५÷७६ मा गर्भपतन गराएका दुई हजार आठ सय ९२ मध्ये दुई सय ४१ जना २० वर्षमुनिका किशोरी रहेका छन् । त्यस्तै, आर्थिक वर्ष २०७४÷७५ मा ४ हजार ४ सय ८३ ले गर्भपतन गराएकोमा ४ सय ७६ जना २० वर्षमुनिका किशोरी रहेका छन् भने आर्थिक वर्ष २०७३÷७४ मा ४ हजार ५ सय ९६ जनाले गर्भपतन गराएकोमा ४ सय ६७ जना २० वर्षमुनिका किशोरी रहेका छन् ।

त्यस्तै कैलालीमा औषधिभन्दा शल्यक्रियामार्फत गर्भपतन गराउनेको संख्या उच्च रहेको छ । आर्थिक वर्ष २०७५÷७६ मा एक हजार चार सय ८४, आर्थिक वर्ष ०७४÷७५ मा दुई हजार सात सय ४९ र आर्थिक वर्ष ०७३÷७४ मा दुई हजार नौ सय ६१ महिलाले शल्यक्रियामार्फत गर्भपतन गराएको जनस्वास्थ्य कार्यालयको तथ्याङ्कं छ  ।

Last modified on 2019-10-10 13:24:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts