आँखा स्वास्थ्यको क्षेत्रमा बामे सर्दै सरकार



Download our app to get more features

काठमाडौं, २३ असोज । आँखा पहिलो प्रथामिकता भन्ने नाराका साथ विहिवार विश्वभर विश्व दृष्टि दिबस मनाइएको छ । नेपालमा पनि देशभरी विभिन्न कार्यक्रम गरी यो दिवस मनायो । 
नेपालका आँखा अस्पतालबाट नेपालीले मात्र नभइ विदेशीले पनि सेवा लिइरहेका छन् । अझ तराई क्षेत्रका आँखा अस्पतालको कुरा गर्ने हो भने त आधाभन्दा बढी सेवा लिनेमा भारतिय नागरिक हुने गरेका छन् । नेपालको आँखाको क्षेत्रमा पुर्याएको योगदान विश्वभर परिचित भइसकेको छ । तर सरकार भने आम नागरिकका पहुँचमा आँखाको उपचार सेवा पुर्याउने पक्षमा भर्खरै कदम चाल्दै छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य निति २०७६ मा पहिलो पटक यस विषयलाई समेटेको छ भने स्वास्थ्य सेवा विभागको नेतृत्वमा पहिलोपटक विहिवार विश्व दृष्टि दिवस मनाइएको छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले विश्व दृष्टि दिवसका अवसर मन्त्रालयले यस अगाडि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको दावी गरे । 

कार्यक्रममा बोल्दै तिलगंगा आँखा प्रतिष्ठानको कार्यकारी निर्देशक डा सन्दुक रुइतले नेपालमा अव दृष्टिदोषको निवारण जोड दिनुपर्ने बेला आएको बताएका छन् । उनले बालबालिकालाई विद्यालयमा भर्ना गर्ने बेलामा स्वास्थ्य परिक्षणका साथै आँखाको परिक्षण गरेमा दृष्ट्रिदोषको रोकथाममा सहयोग पुग्ने बताए । यसका लागि आवश्यक पहल गर्न उनले स्वास्थ्य र शिक्षा मन्त्रालयलाई आग्रह गरे ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts