स्वाँसप्रश्वाँसमा समस्या आएपछि निवर्तमान सभामुख महरा नर्भिक भर्ना



Download our app to get more features

काठमाडौं, २४ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् ।

बलात्कार प्रयासको आरोपमा पक्राउ परेका महराको स्वास्थ्य स्थिति बिग्रिएपछि बिहीबार उनलाई थापाथलीस्थित नर्भिक इन्टरनेशनल अहस्पिटलमा भर्ना गरिएको हो ।

महानगरिय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेका महराको स्वासप्रस्वासमा समस्या आएपछि अस्पतालमा भर्ना गरिएको महानगरीय प्रहरी वृत्तका प्रमुख एसएसपी उत्तम सुवेलीले बताए ।

महरालाई उच्च रक्तचाप र मधुमहेको समस्या देखिएको चिकित्सकहरूले बताएका छन् । स्वास्थ्य जाँचपछि उनको रिपोर्ट आज आएपछि मात्रै उनको स्वास्थ्य अवस्थाबारे थप जानकारी दिइने छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts