कात्तिकदेखि देशैभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानेटरी प्याड वितरण गर्दै सरकार



Download our app to get more features

काठमाडौं, २४ असोज । सरकारले कात्तिक एक गतेदेखि देशैभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने भएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी जीवलाल भुषालका अुनसारस रकारको यस वर्षको नीति तथा कार्यक्रममा सरकारले सबै सामुदायिक विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको थियो । सोही अनुसार प्याड वितरण गर्न लागिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय सरकारसँग समन्वय गरेर प्याड वितरण गर्ने भएको छ । स्थानीय सरकारले पनि विभिन्न कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयमा प्याड उपलब्ध गराउँदै आएकोले केन्द्रीय सरकारको यो कामले झन् सजिलो हुने बुझई संघीय मन्त्रालयको छ ।

छात्राहरुलाई आवश्यक पर्ने प्याडको गुणस्तर स्वास्थ्य मन्त्रालयले तोके अनुसारकै हुने पनि मन्त्रालयले जनाएको छ । 

सरकारको यो कार्यक्रमबाट विद्यालय आउने छात्राको संख्यामा पनि सुधार हुने विश्वास समेत गरिएको छ ।

आफ्ना क्षेत्रभित्रका विद्यालयमा स्यानिटरी प्याड उपलब्ध भए–नभएको, उपलब्ध प्याड निर्धारित गुणस्तरको भए–नभएको, दुरुपयोग भए–नभएको र व्यवस्थापन उचित तरिकाले भए–नभएकोलगायत विषयमा सूक्ष्म रूपमा अनुगमन गरी परिपालना गराउने मुख्य जिम्मा स्थानीय तहको हुनेछ ।

स्यानिटरी प्याड आवश्यक पर्ने छात्राहरूको लगत राख्ने, प्रयोग भएका प्याडको उचित व्यवस्थापन गर्ने र सोको प्रतिवेदन सम्बन्धित स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइमा गर्ने जिम्मा भने विद्यालयको हुनेछ । 

Last modified on 2019-10-12 13:36:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts