चीनियाँ राष्ट्रपतिको स्वास्थ्य सेवाको जिम्मा सेनालाई, छाउनी सहित दस अस्पताल तयारी अवस्थामा



Download our app to get more features

काठमाडौं, २४ असोज । चिनीयाँ राष्ट्रपति सी जिनफिङको आवश्यक पर्ने उपचार लगायतका स्वास्थ्य सेवाको जिम्मा नीजि र सरकारी गरी १० अस्पताललाई जिम्मा दिइएको छ ।

नेपाल भ्रमणका क्रममा राष्ट्रपति सीको सुरक्षालाई मध्यनजर गर्दै स्वास्थ्य सेवाको समन्वय गर्ने जिम्मा नेपाली सेनालाई दिँदै सेनाले सरकारी र नीजि गरि झन्डै १० बढी अस्पताललाई तयारी अवस्थामा रहन भनेको छ ।

राष्ट्रपति सी भोली नेपाल आउँदैछन् । एक दिने नेपाल भ्रमणको क्रममा आइपर्न सक्ने स्वास्थ्य सेवाका लागि सैनिक अस्पताल सहित वीर, त्रिवि शिक्षण, पाटन, निजामती अस्पताललाई  उपचार सेवा उपलब्ध गराउने गरी आवश्यक तयारी गर्न भनेको छ । साथै निजी क्षेत्रबाट नर्भिक इन्टरनेशनल हस्पिटल, नेपाल मेडिसिटी सहितका अस्पताललाई तयारी अवस्थामा रहन भनिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।

सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई प्रमुख र अन्य अस्पताललाई हव र स्याटेलाइट अस्पतालको रुपमा तयारी गरिएको हो। सी भ्रमणका क्रममा उनीसँगै र उनको आउजाउ गर्ने स्थानसहित अस्पतालहरुमा स्वास्थ्यकर्मी र एम्बुलेन्स तयारी अवस्थामा रहने बताइएको छ ।

Last modified on 2019-10-12 13:36:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts