'कब्जियत एक समस्यामात्र नभइ कयौ रोगको कारण पनि हो'



Download our app to get more features

मल निस्कासनको स्वभावीक आवृतिमा विलम्ब हुनु, नियमित रुपले मल त्याग गर्न नसकि बल प्रयोगगर्नुपर्ने अवस्था आउनु वा दैनिक एकपल्ट सम्म पनि कोमल दिशा गर्न नसकिएको अवस्थालाई कब्जियत भनिन्छ ।

विशेष रोगावस्था जस्तै आन्द्राको घाउ, ट्यूमर, प्यारालाईसिस, मधुमेह, थाइराईडिजम पराकिनसन रोग जस्ता समस्या बाहेक अधिकांश कब्जियत को मूख्य कारण अप्राकृतिक जीवन शैली हो । भोजन ब्यायाम विश्राम विचार र भावानात्मक रुपमा असन्तुलीत जीवन नै अप्राकृतिक जीवन हो । भोक लागेको बेला नखाने, भोक भन्दा ज्यादा खाने  गरिष्ठ भोजनहरु, मसिनो मिठो, तारे भुटेको, पचाउन कठिन, जङ्कफूड, बट्टाबद्ध र संरक्षित खाद्यान्न प्राय खाईरहने, सागसब्जी सलाद जस्ता खस्रामोटा, रेसा  र चोकरयुक्त खाद्यपदार्थ कम खानाले कब्जियत हुने प्रवल सम्भावाना रहन्छ । व्यस्ततम् र भागदौडले भरिएको, तनावपूर्ण जीवन जीउनेहरु, श्रम पछि विश्राम नगर्नेहरु  भय, चिन्ता, शोक र उदासिनताका रोगीहरुमा कब्जियत ज्यादा देखिएको छ । ब्यायाम र श्रम बाट भाग्नेहरु लाई पनि कब्जियतले छाडेको छैन भने लामो समयसम्म विरेचक औषधि, पेनकिलर, नार्काेटिक्स र दिमागलाई लठ्याउने औषधि खानेहरुमा कब्जियत ज्यादा देखिएको छ  ।

लक्षणहरुः
मलत्यागको प्राकृतिक आवृतिमा विलंब हुनु, मलत्याग गर्न बल लगाउनु पर्ने अवस्था आउनु, दिशा कोमल नभएर गोटापर्नु, अपानवायु बढ्नु, पेट भारीहुनु वा दुख्नु, भोक नलाग्नु मुखविग्रिनु, रिङ्गटालाग्नु, तिघ्राको पछाडिपट्टिको मांशपेशीहरु दुख्नु, टाउको दुख्नु छात्ती पोल्नु र थाकेको महसुस हुनु ।

जोखिम
कब्जीयत सामान्य, अहत्वपूर्ण तथा  बहुु प्रचलीत रोग भएतापनि यो रोग कयौ रोगहरुको कारण हो । पूर्वीय स्वास्थ्य विज्ञानमा कब्जीयतलाई  भवावयी रोगहरुको जननी मानीएको छ । कब्जीयत हुँदा लामो समयसम्म मल आन्द्रामा नै रही रहने भएकाले आन्द्रा भित्रै मल सडेर कुपित हुन पुुग्छ । यसरी अनकौ लामो सम सम्म आन्द्रामा मल रहीरहदा आन्द्रा भित्रै विषक्त पदार्थहरु बन्न पुुग्छ । यी विषात पदार्थहरु आन्द्राबाटै अवसोषित भएर रगतको माध्यमबाट शरीरको विभिन्न अंगहरुमा पुुग्छन् । फलतः अंगहरुमा विषक्तता बढ्न गइ महत्वूूर्ण अंगहरुको कार्य क्षमतामा कमी आउदा अनेक प्रकारका रोगहरु पैदा हुन जान्छन् । पूर्वीय स्वास्थ्य विज्ञानहरुको मत अनुुसार कब्जीयतका कारणले उच्च तथा निम्न रक्तचाप, मधुमेह, मोटोपन, ग्यास्ट्रि«क, अल्सर, आन्द्रा तथा पेटको क्यान्सर, इरिटेवल ववेल सिन्ड्राम, एसिडीटी, एपेन्डीसाईटिस, अपच, गुुदद्धार खस्नुु, डकार आउनुु, चाया, पोतो, डण्डीफोर, आउनु, जोर्नी दुख्नुु, हड्डी खिइनुु, सुुन्नीएर विकृत हुनुु (इकतभय ब्चतजचष्तष्क) मानसिक समस्याहरु जस्तैः डर, चिन्ता, खिन्नता, उदासिनता, अनिन्द्रा, यौन शक्तिको क्षय, प्रतिरक्षा प्रणालीको कार्य क्षमतामा गडबडीहुनुु जस्तै पटक पटक इन्फेक्सन भईरहनुु, सर्दी–मर्कीले सताई रहनुु, ज्वरो, खोकी वल्झी रहनुु, मांसपेसी तथा नसा–नाडीहरु कमजोर हुनुु अन्तश्रावी ग्रन्थीहरुको कार्य सुुचारु नभएर हारमोनहरुको मात्र घटवड भइरहनुु, कोलेस्टेरोल, यूूरोक एसीड आदी रगतमा भएका तत्वहरुका मात्रा घटवड भईरहनुु रक्तअल्पताको समस्या  देखापर्नु महत्पूर्ण अंगहरुको कार्य क्षमता घट्न जस्ता रोगहरु हुन जान्छ  ।                     

उपचारः 
विशेष रोगावस्था भएकाहरुले रोगको उचित निधान गरेर रोग निर्मुल पार्नेतिर लागौ । गलत आहार विहार र जीवनशैली भएकाहरुले प्राकृतिक जीवनशैली अपनाउन नितान्त जरुरी छ । प्राकृतिक उपचार पद्धतिको मुख्य अंग भोजन ब्यायम र जीवन शैली सुधार हो । 

भोजनः
बिहानको नास्तामा तारेभुटेको, बट्टा र बोतलबद्ध खाद्य पदार्थ, मैदाका परीकार को सट्टा ताजा फलफुल लिने बानी बसाल्नु पर्छ । मौसम अनुसारको फलफुल जस्तै मौसम, सुन्तला, नासपाति, खरबुजा, काक्रो, आँप, सरिफा, बेल, बेलौती, मेवा का साथै अंकुरित मुंग र मेथीहरु मौसमि तरकारीहरु लाई समावेस गर्ने । मुनन्का र छोगडालाई राति भिजाएर विहान खाने गर्दा कब्जियत कम गर्न सहयोग गर्दछ । 

ठोस भोजन दिनको दुई पल्ट मात्रै लिने गरौ विहानको भोजनमा रातो चामल वा मकैकोभात, गहँुको वा मकैको पिठोको रोटि, काउली बन्दा तोरी र वेथेको सागको विषेश समायोजन होस् । मास खेसरी बाहेक बोक्रै सित पकाएको दालले पनि कब्जियतमा फाईदा पु¥याउछ ।

बेलुकाको भोजनमा अन्नको सहभागीता नभएको राम्रो हो । सब्जी तथा तरकारीको सुप वा २५० ग्राम उमालेको तरकारिस“ग ताजा मोहि मात्र खादा कब्जियतमा राम्रो गर्छ ।

माछा, मासु अन्डा, घ्यू, पनिर, मख्खन र मैदाबाट बनेका बस्तुहरुमा पहरेज गर्नुपर्छ । चीकु, केरा, स्याउ, अंगुर, लिचि जस्ता फलले कब्जियतमा राम्रो गर्दैन । आलु, पिँडालु, तरुल, सुठुनि, भन्टा, चुकन्दर ओल, राजमा, सेतो चना, मास, भटमास, जस्ता सब्जी तथा दलहन सकभर नखानु नभएपनि बेलुका नखानु ।  

ब्यायमः 
अङ्गब्यायम,रिढब्याम, सिथिलीकरण ब्यायम, प्रातःभ्रमण, सुर्यनमस्कार, योगआसन तथा प्राणयामको यथाविधि प्रयोगले कब्जियतमा अत्यन्त लाभ पू¥याउँछ । ताडासन, त्रियकताडासन, पवनमुक्तासन, माण्डुक, मत्येन्द्र, भुजांग, उदारकर्स धनुर जस्ता आसनविधि, भस्त्रीका अग्निसार कपालभाति जस्ता श्वासन विधिले कब्जियत निवारणमा अमृत सरि काम गर्छ ।

एनिमा, कुन्जल, लधु तथा गरु संखप्रक्षालन (आन्द्राको सफाइ), पेटकोमालिस, माटोको पेडुँपट्टी, कटिस्नान र गणेशक्रिया जस्ता प्राकृतिक उपचार विधि पनि कब्जियत भएकाहरुले अपनाउनु पर्ने हुन्छ ।
कब्जियत आफैमा ठुलो समस्या नभय पनि कयौ रोगहरुको कारण हो । बेलैमा निवारण गरे कब्जियतले ल्याउने विकारल समस्या बाट मुक्त भई तन्दुरुस्त स्वास्थ्य पाउन सकिन्छ ।

सावधानीहरु 
१.    राती चाँडै सुत्ने बिहान ब्रह्म मूर्हत (घाम झुल्किनु भन्दा ९६ मिनेट अगाडि देखि घाम झुल्किदा सम्मको समय) भित्र उठी सक्ने । उठ्ने बित्तिकै १ लिटर जती मन तातो पानी पुउने बानीले कब्जियत नियन्त्रणमा सहयोग पु¥याउदछ । 
२.    दैनिक ३० मिनेटको व्यामलाई जीवन शैलीको अभिन्न अंग बनाऔँ । अंग व्यायम, रिढ व्याययम, शिथिलिकरण व्याययम, प्रँतःभ्रमण जस्ता व्याययमले शरीर तथा पाचन प्रणालीलाई मजवुद राख्न सहयोग पु¥याउछ ।
३.    भोजनको समय निश्चित गरी नियमित उसै समयमा भोजन गर्ने गरौँ । रातीको भोजन सकभर सुुर्यअस्त आसपासको समयमा होस् । भोजनको लगतै सुत्ने बानी कब्जियतको मुख्य कारण मध्य एक हो । भोजन गर्दा खुुब चपाई चपाई खाने गरौ । भोजनको समयमा बातचित गर्ने, उठी -उठी भोजन गर्ने, टिभी, कम्प्युुटर अथवा मोबाइलमा ब्यस्त रहेर भोजन गर्नेहरुमा कब्जियत ज्यादा पाइएको छ । 
४.    कुुटाइमा कचर पचर खाइ रहने बानी भए त्यागौ । 
५.    खानामा मौसमी तथा क्षेत्रीय (लोकल) अन्न तथा सागसब्जिहरुको बिशेष समायोजन होस् । कच्चा सागसब्जि, सलाद तथा रेसादार फलफूलहरुको समायोजनले कब्जियत नियन्त्रण गर्न विशेष सहयोग गर्दछ । 
६.    मल त्यागको समयमा मनलाई पूर्ण रुपमा मल त्याग गर्नमा नै लगाऔ । शौचालयमा बसेर अखबार पढ्ने, गीत संगीत सुन्ने तथा अन्य विषय सोच्ने गर्दा मस्तिस्किले मल त्याग सम्बन्धि सूचना सम्बन्धित अंगहरुलाई दिने बिलम्ब गर्ने हुुँदा कब्जीयत हुने सम्भावन रहन्छ । 
७.    कब्जीयतका उपर्यूूक्त लक्षण देखिएमा समयमै चिकित्सकको उचित परामर्स लिई रोगको निदान गर्न तिर लागौ“  ।  
                 डा. हेमराज कोईराला, मेडिकल डाइरेक्टर 
                    

Last modified on 2019-10-12 13:37:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts