विश्व बाथरोग दिवस

उमेर बढ्दै जादा किन बढ्छ हड्डी खिइने समस्या ?



Download our app to get more features

पछिल्लो समय हड्डी खिइने रोगको धेरै चर्चा हुने गरेको छ । मानिसको उमेर ढल्केसँगै हड्डीहरु खिइन्छन् भन्ने थाहा भए पनि यसलाई रोग नभएर सामान्य प्राकृतिक प्रक्रियाको रुपमा लिने गरिन्थ्यो । ‘हड्डी पनि खिइन्छ र ?’ भन्ने धारण धेरैमा थियो तर अहिले यो एक रोगको रुपमा परिचित भएको छ । हड्डी किन खिइन्छ ? र यसबाट बच्ने उपाय के के हुन् ? हाड जोर्नी विशेषज्ञ डाक्टर सगुन कुमार जोशीको सुझाब यस्तो छ :

स्वस्थ शरीरको लागि हड्डीको ठुलो भूमिका रहेको हुन्छ । मानिस अपांग हुने प्रमुख कारण मध्ये हड्डीले आवश्यक काम नगर्नु पनि एक हो । हड्डी परिपक्क वा बलियो हुने भनेको २५ देखि ३५ वर्षको उमेर सम्म हो ।

हड्डी खिइने रोग धेरैमा हुन्छ । उमेर बढ्दै जादा वा ४०/५० वर्ष पुगेसँगै  यो रोगले बढी च्याप्ने गर्दछ । 

नेपालको सन्दर्भमा पुरुषको तुलानामा महिलामा यो रोग बढी देखिन्छ ।  प्रायजसो महिनावारी सुकेपछि वा पाठेघर निकाले पछि यस्तो समस्या बढ्छ ।

हड्डी खिइने प्रमुख कारण :
सबै जनालाई एकै कारणले मात्र हड्डी खिइन्छ भन्ने छैन् । विशेषतः यस्ता छन् हड्डी खिइने कारण :

  • शरीरलाई बढी कसरत पर्ने काम गर्नु । 
  • हड्डीमा चोटपटक लाग्नु ।
  • भिटामिन डिको कमी ।
  • मांशपेशी कमजोर हुनु ।
  • लामो समय उभिएर वा निहुरिएर वा एकै ठाउँमा बसेर काम गर्नु ।
  • अत्याधिक धुम्रपान तथा मध्यपानको सेवन ।
  • बाथ, मधुमेह लगाएतका रोग हुनु ।
  • सानो उमेरमा लडेर हड्डीमा चोट पटक लागे पछि हड्डी खिइने हुन्छ ।

लक्षणहरु :

  • हड्डी दुख्ने ।
  • हड्डी सुन्निने ।
  • लामो समय बसे पछि उठ्न गाह्रो हुने ।
  • बस्न गाह्रो हुने

यस्ता व्यक्ति बढी जोखिममा

  • बढी शारीरिक कसरत गर्ने ।
  • खेलाडी ।
  • बढी तौल भएका ।

बच्न उपाए :

  • दुखेको ठाउँमा विशेषज्ञको सल्लाह बमोजिम फिजियोथेरापी गर्ने ।
  • सन्तुलित आहारा खाने ।
  • सक्रिय जीवनशैली जीउने ।
  • धेरै समय निहुरिएर वा उभिएर वा कुर्सीमा बसेर काम गर्नु पर्ने भए समय समयमा आराम गर्दै गर्ने ।
  • लामो बाटो सवारी चलाउँदा ठाउँ ठाउँमा आराम गर्दै चलाउने ।
  • तौल नियन्त्रणमा राख्ने ।
Last modified on 2019-10-13 08:57:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts