स्वास्थ्य राज्यमन्त्रीको चियापान कार्यक्रममा ग्यास सिलिन्डर विस्फोट हुँदा ४ घाइते



Download our app to get more features

महोत्तरी, २५ असोज । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले आयोजना गरेका चियापान कार्यक्रममा विस्फोट हुँदा ४ जना घाइते भएका छन् ।

महोत्तरीको सोमना गाउँपालिकामा राज्यमन्त्री यादवले दशैं, तिहार र छठलाई लक्षित गरि शुक्रबार आयोजना गरेको चियापान कार्यक्रममा ग्यास सिलिण्डर विस्फोट हुँदा चार जना घाइते भएका हुन् ।

घाइते हुनेमा सोनमा गाउँपालिका ८ का २५ वर्षीय सरोज कुमार यादव, २६ वर्षीय कौशल यादव, २६ वर्षीय रितेश कुमार यादव र १७ वर्षीय सन्तोष पासवान घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

समाजवदी पाटी नगर कार्य समितिले आयोजना गरेको कार्यक्रममा सहभागिहरुका लागि चिया पकाउदै गर्दा ग्यास विस्फोट भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको हो ।

घाइते सबैको राज्यमन्त्रीको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ ।

Last modified on 2019-10-13 08:57:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts