२ र ३ कार्तिकमा देशभरका बालबालिकालाई भिटामिन ए खुवाइदै 



Download our app to get more features

काठमाडौं, २६ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ र ३ कार्तिकमा देशभरका बालबालिकाल्ऽाई भिटामिन ए र जुकाको औषधि खुवाउने निर्णय गरेको छ । आर्थिक वर्ष ०७६/७७ अन्तर्गतका पहिलो चरण ७५३ वटै स्थानीय तहका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र एक देखि पाँचवर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।

यो अवधीमा  शिघ्र कुपोषणको एकिकृत व्यवस्थापन कार्यक्रम लागु भएका जिल्लामा पाँच वर्ष मुनिका बालबालिकाहरुको एमआइसियू टेपबाट पोषणस्थिति लेखाजेखा र ६ देखि २२ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषण तत्व बालभिटा वितरण गर्न कार्यक्रम छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts