परम्परागत उपचार पद्धति विकासमा चीनले नेपाललाई सघाउने 



Download our app to get more features

काडमाडौं, २६ असोज । दुई दिवसीय नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा डेढ दर्जन विषयमा सहमति र सम्झौता आदानप्रदान भएको छ । 

नेपाल र चीनबीच यातायात सञ्जालसम्बन्धी भौतिक पूर्वाधार, जलविद्युत, शिक्षा स्वास्थ्यलगायता विभिन्न क्षेत्रमा सहमति र सम्झौता भएको जनाइएको छ । स्वास्थ्यसम्बन्धी सम्झौता अनुसार दुई देशबीच परम्परागत उपचार पद्धतिको विकास, तालिम, जडिबुटीको सम्भाव्यता अध्ययनलगायतमा सहयोग हुनेछ । 

सम्झौता पत्रमा नेपालका लागि चिनियाँ राजदुत र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालले हस्ताक्षर र सम्झौतापत्र हस्तान्तरण गरेका थिए । 
 

Last modified on 2019-10-14 09:17:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts