पिरो तर प्यारो खुर्सानीका यस्ता छन् रोगनाशक गुण 



Download our app to get more features

मसला संग मिसाएर अथवा अलग्गै काटेर प्रयोग हुने खुर्सानी हरियो र सुकेको दुई किसिमको हुन्छ । कतिपय व्यक्तिलाई अरु कुराको नशा जस्तै खुर्सानीको पनि नशा हुन्छ । बिना खुर्सानी गाँसै नछिर्ने । स्वास्थ्य र पाचन  प्रणालीका दृष्टिले हरियो खुर्सानीको सिमित पिरो सुपाच्य मानिन्छ । तर नशा पिएझै पसिनै निस्कनेगरी खुर्सानीको सेवन शरीरप्रतिको अत्याचार हो । 

आयुर्वेद मतानुसार खुर्सानीलाई दाहकारक,अग्निपदिपक र चटपटे स्वादयुक्त मसला मानिन्छ । खानामा स्वाद र पेटमा भोक बढाउन यसको प्रयोगले निकै मद्दत गर्छ । 

रोगनाशक गुण 

  1. शरीरमा स-साना खटिरा आएको खण्डमा कलिलो खुर्सानीको लेप लगाउनाले केहि मात्रामा पोले पनि समस्या ठिक गर्न सहयोग पुग्छ । 
  2. चिलाउने रोग, दाद तथा  लुतो आएको बखतमा तेलमा खुर्सानी खारेर त्यसले मालिस गरे आरम हुन्छ । 
  3. माकुराले छेरोको ठाँउमा उठेको बिमिरालाई हटाउन हरियो खुर्सानी पिसेर लगाउने हो भने तुरुन्त फाइदा मिल्छ । 
  4. बारुलो, अरिंगाल, बिच्छी तथा माकुरोले टोकेको ठाउँमा तुरुन्त खुर्सानी दल्ने हो भने त्यसले दुखाइ त बढाउन तर त्यसको जलनले विषाइलो असर हटेर जान्छ । 

एडिक्सन नहोस खुर्सानीको 
खुर्सानीले ग्यास्ट्राइटिस ठिक पार्छ भन्ने भ्रममा परि सिमा नाघेर अन्धाधुन्धा खुर्सानी सेवन गर्नु भविष्यमा भयंकर रोग निम्त्याउनु हो । वास्तवमा ग्यास्टाइटिस पेटमा अधिक अम्लपित्त बढ्नाले हुने गर्छ । अम्लपित्त दाहकरण हुने हुनाले खुर्सानीको दाहले पेटको दाहलाई काटेर ग्यास्ट्राइटिस  शान्त भएझैैं भ्रमपूर्ण अनुभव गराउँछ । तर, बढ्दो अम्लपित्तलाई काट्न भविष्यमा अरु बढी र अझ पिरो खुर्सानी खानुपर्ने हुन्छ । तातोले तातो काट्ने अपूर्ण सिद्धान्तझैं खुर्सानी खाई ग्यास्ट्राइटिस निको पार्न खाज्नु पूर्णत अस्वस्थकर विधि हो । केहि अनुसन्धानहरुले देखाएका छन् की खुर्सानीको अतिप्रयोगले मानसिक बेचैनी, मनोभ्रम, र अन्तत पागलपनजस्ता समस्या आउने खतरा रहन्छ । यसको सेवन क्षमताभन्दा थोरै मात्रा पनि बढि भयो भने त्यसले केही समयमा नै पिडादायी अम्लपित्त उब्जाउने सतप्रतिशत सम्भावना रहन्छ ।  
डा. राजु अधिकारीको खाने कसरी पिउने कसरीबाट 


 

Last modified on 2019-10-15 08:37:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts