विश्व हातधुने दिवस

हातधुने दिवस यो वर्ष सरकारले नमनाउने, ७० प्रतिशत नेपाली जान्दैनन् हात धुन



Download our app to get more features

आज अर्थात १५ अक्टोबर, विश्व हातधुने दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य संगठनले सन् २००८ मा शिशु मृत्युदर कम गर्न र झाडापखाला नियन्त्रण गर्ने उदेश्यले हातधुने अभियान चलाएदेखि यो दिवस मनाउन थालिएको हो । तर, नेपालमा भने यो दिवस मनाइँदैन । सरकारसँग बजेट नभएका कारण यो दिवस मनाउन बन्द गरिएको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक कुञ्जप्रसाद जोशीले बताए ।

उनले यो वर्ष हातधुने दिवसका लागि स्वास्थ्यबाट कुनै कार्यक्रम नभएकाले दिवस नमनाउने बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालका झन्डै ७० प्रतिशत मानिसलाई हात कसरी धुने भन्नेबारे जानकारी छैन । जसका कारण नेपालमा वर्षेनी झाडापखाला, पेट दुख्ने समस्याले लाखौं नागरिक प्रभावित हुने गरेका छन् । 

हात नधोई खाना खाँदा वा नवजात शिशुलाई छुँदा संक्रमण हुन सक्ने र उनीहरू विभिन्न रोगको शिकार बन्ने हुँदा हात धुनु आवश्यक भएको विश्व स्वास्थ्य संगठनको ठहर छ । विभिन्न अध्ययनका अनुसार अधिकांश मानिस मात्र ६ सेकेन्ड हात धुने गर्छन् जबकि विशेषज्ञहरूले कम्तीमा १५ देखि ३० सेकेन्ड सम्म हात धुन सल्लाह दिन्छन् । राम्रोसँग हात नधुने हो भने किटाणु नष्ट हुँदैन जसले गर्दा विभिन्न रोग लाग्न सक्छ । 

के तपाईं राम्रोसँग हातधुनु हुन्छ ?
अमेरिकाको एरिजोना स्टेट यूनिभर्सिटीका विशेषज्ञहरूले गरेको एक अध्ययनमा प्रायः जसो मानिसले मात्र ६ सेकेन्ड हात धुने गरेको बताएका थिए । जबकी हात धँुदा कम्तीमा पनि २० देखि ३० सेकेन्ड हात धुनु पर्छ र हात मात्र धुने होइन कि सही तरिकाले हात धुनु पनि जरुरी रहेको अध्ययनको सुझाब छ । किनकी पटक–पटक गलत तरिकाले हात धुनाले हातमा भएका किटाणुको प्रतिरोधात्मक क्षमता विकसित हुन पुग्छ र साबुनमा पाइने जीवाणुरोधी रसायनको प्रभाव पनि किटाणुमाथि कम हुन थाल्छ ।

यसरी धुनुहोस् हात 
हात धुने समय राम्रोसँग फिज आउनु पर्छ । उक्त समय हातको दुवै तर्फ नङ र औंलाको बिचमा पनि राम्रोसँग सफा गर्नुपर्छ । । हात सफा गरिसकेपछि सफा पानीले राम्रोसँग हात धुने र सुख्खा तौलियाले पुछ्नु पर्छ । 

लिक्विड ह्यान्डवास प्रयोग गरौं
हात धुनका लागि लिक्विड ह्यान्डवास प्रयोग गर्नु सबै भन्दा राम्रो हुन्छ । लिक्विड ह्यान्डवासमा सामान्य साबुनको तुलनामा किटाणुसँग लड्ने शक्ति बढी हुन्छ । यो पटक–पटक छुट्टाछुट्टै मानिसको सिधा सम्पर्कमा आउँदैन । 
शौचालय, विषेशगरी सार्वजनिक शौचालयको ढोकाको ह्यान्डलमा सबै भन्दा बढी किटाणु हुन्छन् । त्यसैले हात धोइसकेपछि सिधै ह्यान्डल छुनु हुँदैन । यसो गर्नाले ह्यान्डलमाथि भएका किटाणु तपाईंको हातमा आउँछ । जसले गर्दा हात धुनुको कुनै फाइदा हुँदैन । त्यसैले शौचालयको ढोका केही सामानले समातेर खोल्ने प्रयास गर्नु पर्छ । जस्तैस् टोइलेट पेपर । 

कुन–कुन समय हातधुने ?
शौचालय प्रयोगपछि, खाना खानु अघि र खाइसकेपछि सधंै साबुनले हात धुनु पर्छ । यो एक राम्रो बानी हो र यसले तपाई सँधै स्वस्थ पनि रहनु हुन्छ ।

कति समयसम्म हात धुने ?
साबुनले वा ह्यान्डवासले हात धुने समय फिज मज्जाले आए पछि करिब २० सेकेन्ड सम्म हात धुनु पर्छ । हात धुँदा सधंै एन्टी ब्याक्टेरियल साबुनको प्रयोग गर्नुपर्छ भन्ने जरुरी हुँदैन । कुनै पनि साबुनले राम्रोसँग हात धुनाले हातमा भएका किटाणु मार्न सहयोग पुग्छ । 

हात धुँदा मन तातो पानी प्रयोग गरौं 
हात धुँदा सकेसम्म मन तातो पानीको प्रयोग गर्नु सबै भन्दा उत्तम मानिन्छ । यसले धेरै मात्रामा किटाणु नष्ट हुन्छन् साथै हात पनि कोमल र किटाणुरहित हुन्छ । तर, पानी धेरै तातो हुनु हुँदैन किनकी धेरै तातो पानीको प्रयोगले पोल्न सक्छ र छालालाई नोक्सान हुन सक्छ ।

सफा तौलियाको प्रयोग गर्ने
हात राम्रोसँग धोइसकेपछि लगाएको लुगा, रुमाल वा ओढ्नी अथवा फोहोर र भिजेको तौलियाले पुछ्नु हुँदैन । किनकी पहिलादेखि प्रयोग गरेको हुनाले तिनमा किटाणु हुन्छ । जुन चिसो भिजेको हातमा सजिलै टाँसिन्छ । त्यसका लागि सँधै सफा र सुकेको तौलिया नै प्रयोग गर्नु पर्छ । 

हात धोएपछि के गर्ने 
सामान्यतया सबैले हात धोइसकेपछि हातमा भएको पानीलाई तलतिर बग्न दिन्छन् । जसले गर्दा हत्केलाका किटाणु औँलाको टुप्पोमागएर बस्न सक्छ । त्यसैले हातधोइसकेपछि केहि समय माथि गरेर राख्नु पर्छ । हात धोइ सकेपछि सफा तौलियाले पुछ्ने । 

Hamro Doctor
Last modified on 2019-10-15 16:16:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts