कस्ता मानिसले खानुपर्छ पूरक आहार ?



Download our app to get more features

एजेन्सी, २८ असोज । हाम्रो डाइनिङ टेबुलमा पछिल्लो समय भोजनका साथसाथै डाइटरी सप्लिमेन्ट (पूरक आहार) का बोतल र ट्याब्लेटहरूले पनि स्थान लिन थालेका छन् । स्वभावत हरेक मानिस स्वस्थ हुन चाहन्छ । मानिसको चाहनालाई यसले साच्चै राम्रो गरेको पनि होला । तर, केही व्यक्तिलाई डाइटरी सप्लिमेन्टले राम्रो ग¥यो भन्दैमा सबैले सप्लिमेन्ट लिन आवश्यक नहुन पनि सक्छ । फेरि सबैलाई सप्लिमेन्टले फाइदा र राम्रो गर्छ भन्ने पनि हुँदैन ।

के वास्तवमै सप्लिमेन्ट लिन आवश्यक छ ?
पूरक आहार (सप्लिमेन्ट)हरुले तपाईंको शरीरमा भएका कमीहरूलाई सक्षम बनाउन मद्दत गर्छन । जस्तंै भिटामिनहरू, ओमेगा ३, क्याल्सियम ट्याब्लेटहरू वा मल्टिभिटमिन ट्याब्लेटहरू आवश्यकता अनुसार तपार्इंको डाक्टरले तोकिदिन्छन् । यस्तंै खनिज, फलाम, एमिनो एसिड, वा जडिबुटी पनि पूरक आहारका रुपमा हुन सक्छन् । यी आहार प्रायः क्याप्सुल, ट्याब्लेट, पाउडर वा तरल रुपमा हुन्छन् जुन खाना अगाडी वा पछाडि खानुपर्छ । 
हुनत पुरक आहार औषधि होईन । खाद्य वस्तु मात्रै हो । जसको सेवनबाट रोग निको हुन्छ वा कम हुन्छ भनेर कसैले ग्यारेण्टि लिदैनन् । पूरक आहारको एक मात्र उद्देश्य भनेको शरीरमा भएको कमीको ख्याल राख्नु हो ।
जुन मानिसमा पोषणयुक्त खाना खाने क्षमता वा अवस्था हुँदैन त्यस्ता मानिसले पूरक आहार लिँदा राम्रो हुन्छ । जस्तंै अत्यन्त वृद्धवृद्धा, दीर्घरोगी, तनावपूर्ण जीवन बिताइरहेका मानिसका लागि पूरक आहार उपयुक्त हुनसक्छ । अथवा खाना खाने निश्चित समय नभएका मानिसका लागि पनि यो आहार उपयुक्त हुनसक्छ । 


के भन्छन् विज्ञहरू ?
पूरक आहार उत्पादक तथा बजार प्रतिनिधिहरूले त सबै व्यक्तिका लागि पूरक आहार आवश्यक रहेको दावी गर्छन । तर विज्ञहरू भने त्यो मान्न तयार छैनन् । उनीहरुका अनुसार पूरक आहार कुनै पनि अवस्थामा सन्तुलित भोजन जस्तो हुनसक्दैन । अथवा सन्तुलित भोजनको विकल्प पूरक आहार होइन । पोषण विशेषज्ञ डा. सोनिया नारंग भन्छिन, ‘हाम्रो दैनिक आहारले यदि शरीरलाई आवश्यक पोषण पु¥याउन सक्दैन भने पूरक आहार लिनुपर्छ । तर, डाक्टरको सिफारिस विना खानु हुँदैन ।’
यस्तै पोषण विशेषज्ञ डा. माधवी शर्माका अनुसार यदि तपार्इंको शरीरले सही भोजन पहिचान गर्न सकेन भने पूरक आहारले थप क्षति पु¥याउँछ । उनी भन्छिन्, ‘सप्लिमेन्टले तपाईंको निन्द्रा, खाना खाने शैली, जीवनशैलीमा समेत प्रभाव पार्छ ।’ डा. नारंग पनि शर्माको भनाईमा सहमत छिन् । उनी सप्लिमेन्टका साथसाथै दैनिक खानामा तरकारीहरू र फलफूल समावेश गर्नुपर्ने सुझाब दिन्छिन् । 

पोषण विज्ञ डा. मानसी चतरथका अनुसार चिकित्सकीय मार्गदर्शन नभएसम्म पूरक आहार आवश्यक पर्दैन । किनभने सामान्य अवस्थामा पूरक आहार शरीरको लागि उपयुक्त हुँदैन । हाम्रो शरीरलाई प्राकृतिक रूपमा पूरकहरूको आवश्यकता पर्दैन र हामीले उपभोग गर्ने खाद्य पदार्थहरूबाट शरीरलाई आवश्यक सबै पोषणतत्व प्राप्त हुन्छ । 
 

Last modified on 2019-10-16 08:25:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts