र्यानिटिडीन नामक औषधिमा क्यान्सर गराउने तत्व, डाक्टरको सल्लाहमा मात्रै औषधि सेवन गर्न सबैलाई आग्रह



Download our app to get more features

काठमाडौं, २८ असोज । औषधि व्यवस्था विभागले र्यानिटिडीन नामक औषधि विक्रि वितरण नगर्न निर्देशन जारी गरेको छ ।

विभागले सूचना जारी गर्दै र्यानिटिडीन नामक औषधिमा निट्रोसेमिन इम्प्युरिटी अर्थात् क्यान्सर गराउने तत्व पाइएकोले बिक्रि वितरणमा रोक लगाएको हो ।

विभागको निमित्त महानिर्देशक पान बहादुर क्षेत्रीले हाम्रो डाक्टरसँग कुराकानी गर्दै निट्रोसेमिन इम्प्युरिटीले मानिसमा क्यान्सर गराउन सक्ने सम्भावना भएकाले त्यस्ता औषधि उत्पादन गर्दा उत्पादककर्तालाई इम्प्युरिटि नभएको यकिन गरेर मात्रै उत्पादन गर्न भनिएको बताए ।

एन निट्रोसोडिमेथिलेमिन (N–nitrosodimethylamine) थोरै मात्रामा रहेको र उक्त इम्प्युरिटी इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले मानव शरीरमा क्यान्सरको सम्भावना रहेको वर्गीकरण गरेको हुँदा स्वदेशी उद्योगको हकमा र्यानिटिडीन उत्पादनको कच्चा पदार्थ र तयारी औषधिमा पैठारीको हकमा तयारी औषधिहरुमा उक्त एनडिएमए इम्प्युरिटि नभएको यकिन गर्ने आवश्यक व्यवस्था गर्न सूचना मार्फत निर्देशन दिइएको छ ।

क्षेत्रीले युनाइटेड स्टेट फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनलाई आधार मानेर सो कुरा पत्ता लगाइएकाले नेपालमा पनि त्यस्ता तत्वको बारेमा बुझेर मात्रै औषधि लेख्न डाक्टरहरुलाई र डाक्टरको सल्लाहमा मात्रै औषधि सेवन गर्न सर्वसाधारणलाई आग्रह गरिएको बताए ।

Last modified on 2019-10-16 19:30:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts