औषधि उत्पादक संघको साधारण सभा आज, नेतृत्व नयाँ आउने



Download our app to get more features

काठमाडौं, २९ ओज । नेपाल औषधि उत्पादक संघ (एप्पोन) को २८ औं साधारण सभा र नयाँ नेतृत्वको चयन आज हुँदैछ । 

एप्पोनको नयाँ नेतृत्व चयनका लागि दुई जनाले उम्मेदवारी दिएका छन् ।  

चुनावमा एप्पोनका महासचिव प्रज्वलजंग पाण्डे र वरिष्ठ उपाध्यक्ष जी नारायण बहादुर क्षेत्रीले उम्मेदवारी दिएका हुन् । विगत चार कार्यकालदेखि एप्पोनमा सहमतिका आधारमा नेतृत्व चयन हुँदै आएको छ । एप्पोन कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।  

तीनरचार पटक कार्यसमितिमा रहेका क्षेत्रीले सहसचिव, महासचिवको जिम्मेवारी सम्हालिसकेका छन् । यस्तै पाण्डे पनि सदस्य, कोषाध्यक्ष र महासचिव भइसकेका छन् । केही वर्षदेखि पाण्डे निरन्तर रुपमा एप्पोनको विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन् ।  

उम्मेदवारी दिने घोषणा गरेका दुबै जनाले आ–आफ्नो एजेन्डा सार्वजनिक गरेका छन् । उपाध्यक्ष क्षेत्री रोलक्रम अनुसार अध्यक्षको हकदार रहेको बताउँछन् भने पाण्डेले औषधि उद्योगको विकासमा महत्वपूर्ण योगदान गरेको दावी गर्दै आएका छन् । पाण्डे लोमस फर्मास्युटिकल्समा आबद्ध छन् भने क्षेत्री टाइम्स फर्मास्युटिकल्समा आबद्ध छन् । दुबैको चुनावी एजेन्डा भने उस्तै छ ।

Last modified on 2019-10-16 19:30:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts