निदान अस्पतालका सिईओ सहित पाँच जना पक्राउ, मिर्गाैला बिक्रि गरेको आरोप



Download our app to get more features

काठमाडौं, २९ असोज । मिर्गाैला झिकेर बिक्रि गरेको आरोपमा निदान अस्पतालका ४ कर्मचारी सहित पाँच जना पक्राउ परेका छन् ।निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृतसहित ५ जनाललाई पक्राउ गरेको मानव बेचबिखन अनुसन्धान व्यूरोका प्रवक्ता एसपी गोविन्द थपलियाले जानकारी दिए ।

थपलियाका अनुसार अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो । 

एक व्यक्तिको नाममा अर्कैको मिर्गाैला झिकी प्रत्यारोपण गराएको आरोपमा अस्पतालका सीईओ विपेन्द्र प्रधान,अस्पतालका डाक्टर राजेश पन्त, कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, मिर्गाैला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको थपलियाले बताए । 

Last modified on 2019-10-17 07:39:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts