एप्पोनको अध्यक्षमा जी नारायणबहादुर क्षेत्री विजयी



Download our app to get more features

काठमाडौं, २९ असोज । औषधि उत्पादक संघ (एप्पोन) को अध्यक्षमा जी नारायणबहादुर क्षेत्री विजयी भएका छन् ।

बुधबार भएको एप्पोनको साधारण सभा र नयाँ नेतृत्व चयनको मतदानमा क्षेत्रीले २७ मत प्राप्त गरेर विजयी भएका हुन् ।

उनका प्रतिद्वन्दी प्रज्वल जंग पाण्डेले २२ मत प्राप्त गरेका छन् ।

क्षेत्रीको कार्यकाल २ वर्षको लागि हुनेछ । 

संघमा ५६ जना मतदाता रहेकोमा ७ जना अनुपस्थित थिए ।

यस्तै सदस्यहरुमा सुवर्ण भक्त जोशी, प्रभात रुगंटा, विप्लव अधिकारी, सन्तोष बराल, पृथ्वी राजभण्डारी, महेस प्रसाद प्रधान, दिपेन्द्र बहादुर प्रधान,  प्रेम कुमार जाटिया र विजय राज शाक्य निर्वाचित भएका छन् ।

निर्वाचित सदस्यहरुबाटै उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष मनोनयन गरिने छ ।

Last modified on 2019-10-18 07:21:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts