औषधि उत्पादक संघका निर्वाचित सदस्यले पाए जिम्मेवारी, महासचिवमा अधिकारी



Download our app to get more features

काठमाडौं, १ कात्तिक । नेपाल औषधि उत्पादक संघका नवनिर्वाचित पदाधिकारीले जिम्मेवारी पाएका छन् । संघको २९ असोजमा भएको निर्वाचनबाट जी नारायण क्षेत्रीले अध्यक्षमा जित हासिल गरेका थिए । अन्य निर्वाचित सदस्यलाई भने जिम्मेवारी तोकिएको थिएन ।

निर्वाचित सदस्यमध्ये बरिष्ठ उपाध्यक्षमा महेश प्रधानलाई मनोनयन गरिएको छ । शुक्रवार बसेको संघको बैठकले उपाध्यक्षमा सन्तोष बराल, महासचिवमा बिप्लब अधिकारी र कोषाध्यक्षमा प्रभात रुंगाटालाई मनोनयन गरिएको छ । त्यस्तै संघको अध्यक्षका लागि भएको निर्वाचनमा पराजित पूर्व महासचिव प्रज्ज्वलजंग पाण्डेलाई भने आमन्त्रीत सदस्यका रुूपमा मनोनयन गरिएको छ ।

त्यस्तै, सदस्यहरुमा बिजय राज शाक्य, दिपेन्द्र प्रधान, पृथ्वि राजभण्डारी, सुर्वणभक्त जोशि र प्रेम जाटिया रहेको संघका उपाध्यक्ष सन्तोष बरालले हाम्रो डक्टरलाई जानकारी दिए ।

Last modified on 2019-10-19 19:36:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts