'नेपाल स्वास्थ्य व्यवसायी महासंघको अधिकांश पदाधिकारी भ्रष्ट'

भ्रष्ट गतिविधिमा लिप्त भएको भन्दै कार्यसमितिबाट राजीनामा



Download our app to get more features
फागुन २८,काठमाण्डौं । नेपाल स्वास्थ्य व्यवसायी महासंघको अधिकांश पदाधिकारी भ्रष्ट गतिविधिमा लिप्त भएको भन्दै कार्यसमितिका वरिष्ठ उपाध्यक्ष सहित तीन जनाले राजीनामा दिएका छन् ।


रिपोटर्स क्लवमा पत्रकार सम्मेलन गर्दै कार्यसमितिका वरिष्ठ उपाध्यक्ष सीताराम रेग्मी सहित अन्य तीनजना केन्द्रीय सदस्यले राजीनामा घोषणा गरेका हुन् । राजीनामा दिनेहरुमा रेग्मी सहित केन्द्रीय सदस्यहरु रामहरि थापा , पृथ्वी खड्का र विना वानिया अधिकारी रहेका छन् ।


राजीनामा दिएका पदाधिकारीहरुले अन्य कार्यसमितिका सदस्यहरुले सरकारको निर्देशनको बेवास्ता गरेको आरोप लगाएका छन् । त्यस्तै चरम आर्थिक अनियमिततामा लिप्त भएको, विधान विपरित काम गरेकाले आफुहरु असन्तुष्ट भइ राजीनामा गर्न बाध्य भएको दावी गरेका छन् ।

 

Last modified on 2016-03-11 17:31:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts