मेडिसिटीमा छोरा छाडेकी पूर्व सांसदलाई अदालतको आदेशः तीनदिन भित्र बच्चा लैजानू



Download our app to get more features

काठमाडौं, ३ कात्तिक । अस्पतालको लापर्वाहीले डाउन सिन्ड्रोम भएको बच्चा जन्मेको आरोप लगाउँदै गत फागुनमा मेडिसिटी अस्पतालमा बच्चा छाडेर गएका पूर्व सांसद गायत्री साहको परिवारलाई तीनदिन भित्र बच्चा लैजान उच्च अदालतले आदेश दिएको छ ।

अस्पतालले गर्भावस्थामै बच्चामा भएको समस्या नभनेको भन्दै अस्पताललाई लापर्वाही गरेको आरोप लगाएकी थिइन् । डाउन सिन्ड्रोम भएको बच्चा जन्मिने बारेमा बारेमा पूर्वआंकलन गर्ने प्रविधि र दक्षता विकास नभइसकेको भन्ने अस्पतालको जवाफप्रति असन्तुष्ट अभिभावकले बच्चा डिस्चार्ज नगरेपछि अस्पताल अदालत पुगेको थियो ।

उच्च अदालत पाटनमा अस्पतालले बालकको हक प्रचलन गराइपाउँ भनी बालकका बुबा राजेश महतोलाई विपक्षी बनाई दायर गरिएको मुद्दाउपर सुनुवाई गर्दै अदालतले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको मेडिकल बोर्डलाई बालकको स्वास्थ्य जाँच गरि जानकारी गराउन भनेको थियो । मेडिकल बोर्डले बच्चालाई डाउन सिन्ड्रोम भएको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएपछि बच्चा घर लैजान अदालतको आदेश आएको हो । अदालतको आदेशपछि साह परिवारले बालक लिएर गएको अस्पतालले जनाएको छ ।

Last modified on 2019-10-21 11:36:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts