दृष्टिविहिनका लागि खुसीको खबर, देख्न सक्नेछन् आँखा !



Download our app to get more features

मानव अंगको महत्वपूर्ण अंगहरुमध्ये आँखा पनि एक हो । जसको सहयोगले हामी कुनैपनि वस्तु, दृश्य देख्न सक्छौँ । आँखाबीनाको मानव जीवन हामी कल्पना पनि गर्न सक्दैनौँ । तर, जसको आँखाको ज्योती गुमेको छ र जो देख्न सक्दैन उसको जीवन कसरी वितिरहेको छ हामी कल्पना पनि गर्न सक्दैनौँ । तर, अव उनीहरुका लागि एउटा खुशीको खबर छ, अक्सफर्ड यूनिभर्सिटीले एउटा यस्तो रेटिनाको आविस्कार गरेको छ ,जसको प्रयोगले ज्योती नभएका र आँखा नदेख्नेहरुले पनि आँखा देख्न सक्छन् ।

अमेरिकाको अक्सफर्ड युनिभर्सिटीले गरेको उक्त नयाँ खोज अनुसार एउटा यस्तो रेटिना आविष्कार गरिएको छ जसको प्रयोगबाट नेत्रहिनहरुले पनि आँखा देख्न सक्नेछन् । युनिभर्सिटीले आविष्कार गरेको उक्त रेटिनाको नाम सिन्थेटिक रेटिना हो । यो खोज र आविस्कार सँगै नेत्रहीन मानिसहरुमा आँखा देख्न सक्ने नयाँ आशा पनि पलाएको छ । यो रेटिना नरम तन्तुहरुबट तयार पारिएको एक कृत्रिम रेटिना हो । आँखाको सम्बन्धमा प्राप्त विश्वमा नै यो पहिलो सफलता पनि हो जसको प्रयोगले दृष्टिविहिनहरुले आँखा देख्न पाउनेछन् । हुन त यसअघि पनि कृत्रिम रेटिनाहरुको आविस्कार गरिएको थियो तर ती रेटिनाहरु कडा तन्तुबाट निर्माण गरिएको थियो ।

नयाँ अनुसन्धानमा प्रयोगशालात्मक वातावरणमा अतिसंवेदनशिल तन्तुबाट विकसित गरिएको यो कृत्रिम रेटिनालाई सफल बायलोजिकल परीक्षण पनि मानिएको छ । साथै यस अनुसन्धानको माध्यमले कम खर्चमा प्राकृतिक मानव तन्तुको विकास गर्न सकिने छ । त्यति मात्र नभई यसले रेटिनासँग सम्बन्धीत अनेक प्रकारका समस्याहरुको पनि समाधान गर्नमा मद्दत पुग्ने छ ।

विशेषज्ञहरुका अनुसार, जसरी क्यामेराको माध्यमद्वारा गरिने फोटोग्राफीको गुणस्तर क्यामेराको फ्ल्यास लाइटमाथि निर्भर हुन्छ, की निश्चित लाइटमा क्यामेरा पिक्सलले कसरी प्रतिक्रिया दिन्छ, त्यसरी नै मानवद्वारा कुनैपनि वस्तु हेर्नमा त्यहि भुमिका रेटिनाले आँखामा निभौह गर्ने गर्छ । मनुष्यको आँखा पछाडी बनेको रेटिनाको गाठो प्रोटीन कोषहरुबाट निर्मित हुन्छ । यो कोषहरु प्रकाशलाई एक विद्युतीय संकेतमा परिणत गरिदिन्छ, जुन स्नायु प्रणाली हुँदै दिमागसम्म पुग्ने गर्छ र हाम्रो दिमागले प्रतिक्रिया दिन्छ , त्यसपछि हामी कुनैपनि दृश्य देख्न सक्छौँ ।

अक्सफर्ड यूनिभर्सिटीमा विकसित गरिएको उक्त कृत्रिम रेटिनामा सफ्ट वाटर ड्रपलेट्स या हाइड्रोजेल्स छ । साथै बायलोजिकल कोष र प्रोटीन झिल्ली पनि छ । यो नयाँ निमार्ण गरिएको कृत्रिम रेटिनाको अहिले प्रयोगशालामा मात्रै परिक्षण गरिएको छ । त्यसैले अहिले यो नयाँ विकसित कृत्रिम रेटिना बजारमा ल्याइएको छैन ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2019-10-22 06:01:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts