प्रधानमन्त्री ओलीको दोस्रो पटक डाइलासिस



Download our app to get more features

काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको आज विहीबार डायलासिस गरिएको छ । बुधबार नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्रीको स्वास्थ्यमा केही समस्या देखिएपछि भर्ना गरिएको थियो । उनको बुधबार पनि डाइलासिस गरिएको थियो ।  

अस्पताल स्रोतका अनुसार उनको रगतमा क्रेटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलासिस गरिएको हो । पिसाब राम्ररी नभएर शरीरमा पानीको मात्रा धेरै भएको पनि स्रोतको भनाइ छ । शरीरमा पानीको मात्रा धेरै भएपछि श्वासप्रश्वासमा कठिनाइ हुन्छ भने रगतमा पोटासियमको मात्रा धेरै बढ्यो भने मुटु ‘ब्लक’ हुने सम्भावना हुन्छ ।

उनको १२ वर्षअघि मिर्गौला मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यही मिर्गौला कमजोर भएर समस्या हुने गरेको छ । रगतमा ‘एन्टिबडी’ को मात्रा बढेर समस्या भएपछि उनले गत भदौमा सिंगापुरमा ‘प्लाज्माफेरेसिस’ गरेका थिए । रगतमा रहेको प्लाज्माले ‘एन्टिबडी’ बोक्ने काम गर्छ । प्लाज्माफेरेसिसमार्फत ‘एन्टिबडी’ भएको प्लाज्मा छानेर निकालिन्छ ।

अस्पतालले हिजो बुधबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको थियो । नियमित स्वास्थ्य परीक्षण जारी रहेको भन्दै परीक्षण पुरा भएसँगै बुधबार साँझ वा विहीबारसम्ममा डिस्चार्ज हुने विज्ञप्तिमा उल्लेख छ ।  

Last modified on 2019-10-31 21:11:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts