प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज



Download our app to get more features

काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी इन्टरनेशन अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएर सरकारी निवास बालुवाटार गएका हुन् । अस्पतालबाट बाहिरिने क्रममा उनले आफू ठिक रहेको बताएका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी बुधबार धापासीस्थित ग्राण्डी अस्पताल गएका थिए । यद्यपि, अस्पतालले भने नियमित स्वास्थ्य परीक्षण भन्दै आएको थियो। नियमित स्वास्थ्य परीक्षण भने पनि उनको बुधबार नै डाइलासिस गरिएको थियो । विहीबार पनि दोस्रो पटक डाइलासिस गरिएको स्रोतको दावी छ ।

अस्पताल स्रोतका अनुसार उनको रगतमा क्रेटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलासिस गरिएको हो । पिसाब राम्ररी नभएर शरीरमा पानीको मात्रा धेरै भएको पनि स्रोतको भनाइ छ । शरीरमा पानीको मात्रा धेरै भएपछि श्वासप्रश्वासमा कठिनाइ हुन्छ भने रगतमा पोटासियमको मात्रा धेरै बढ्यो भने मुटु ‘ब्लक’ हुने सम्भावना हुन्छ ।

उनको १२ वर्षअघि मिर्गौला मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यही मिर्गौला कमजोर भएर समस्या हुने गरेको छ । रगतमा ‘एन्टिबडी’ को मात्रा बढेर समस्या भएपछि उनले गत भदौमा सिंगापुरमा ‘प्लाज्माफेरेसिस’ गरेका थिए । रगतमा रहेको प्लाज्माले ‘एन्टिबडी’ बोक्ने काम गर्छ । प्लाज्माफेरेसिसमार्फत ‘एन्टिबडी’ भएको प्लाज्मा छानेर निकालिन्छ ।

Last modified on 2019-11-01 10:52:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts