मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा भागवान कोइराला नियुक्त



Download our app to get more features

काठमाडौं, १७ कात्तिक । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा भगवान कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको छ । गत बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको डायलासिसका लागि ग्रान्डी इन्टरनेसनल अस्पताल गएपछि आइतबार पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो ।

‘आजको मन्त्रिपरिषद् बैठकले प्राडा भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको छ ।’ बैठकमा सहभागी एक मन्त्रीले भने । मन्त्रिपरिषद्को निर्णयहरू आगामी विहीबार सार्वजनिक हुनेछ । 

मुटु रोग विशेषज्ञ डाक्टर कोइराला यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहीद गंगालाल हृदय रोग केन्द्रका निर्देशक थिए । यसअघि शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको समितिले कोइरालासहित तीन जनाको नाम त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस गरेको थियो ।

Last modified on 2019-11-04 11:36:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts