छात्रवृत्तिका चिकित्सकलाई पनि सुगम नै चाहियो, प्राथमिक स्वास्थ्य चौकीहरुमा पठाइएन



Download our app to get more features

काठमाडौं, १७ कात्तिक । सरकारले दिएको निःशुल्क छात्रवृत्तिबाट चिकित्सक भएकाहरुले सरकारले खटाएको ठाउँमा जान आनाकानी गर्ने गरेको पाइएको छ ।

छात्रवृत्तिबाट एमबीबीएस पूरा गरेपछि दुई वर्ष सरकारले खटाएको ठाउँमा जानुपर्नेमा अधिकांशले आफ्नो पायक पर्ने वा राजधानी नजिक पार्न आग्रह र दवाव दिने गरेका छन् । अध्ययन र इन्टर्नसीप सकिएपछि ती मेडिकल अफिसरलाई स्वास्थ्य सेवा विभागले करार सम्झौता गरेर चिकित्सक आवश्यक भएको ठाउँमा पठाउने गरेको छ । यो वर्ष छात्रवृत्तिबाट चिकित्सक भएका ९८ जना मेडिकल अफिसर स्वास्थ्य सेवा विभागमा नियुक्ति लिन आएका छन् । तर, ती मध्ये अधिकांशले आफु पायक ठाउँमा पारिदिन भनसून र दवाव दिने गरेका छन् ।

७ सय ३८ जनाको माग, ९८ जना उपलब्ध

स्वास्थ्य सेवा विभागमा विभिन्न क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल, जिल्ला अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रहरुबाट चिकित्सकको माग गरेर चिठी आएको छ । तर, ती मध्ये ९८ जनामात्र पूर्ति हुनसक्ने सम्भावना छ । भएका चिकित्सकहरुलाई प्राथमिकता हेरी पठाइएको विभागका महानिर्देशक डा. रोशन पोखरेलले बताए । त्यसमध्ये आधाजतिलाई सिधै प्रदेश स्वास्थ्य निर्देशनालयले खटाउने गरि पठाइएको छ भने बाँकीलाई आवश्यक्ता अनुरुप पठाइएको छ । अहिले ७ वटा प्रदेश अस्पताल, क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल र जिल्ला अस्पतालहरुमा पठाइएको तर, काठमाडौं आसपास र सुगममा नपठाइएको पोखरेलले दावी गरे । उनका काभ्रे, काठमाडौं र अन्य आसपासका जिल्लाबाट चिकित्सक माग भएपनि पठाइएको छैन ।

प्राथमिक स्वास्थ्य केन्द्रमा नपठाइने

विभागसँग देशका धेरै प्राथमिक स्वास्थ्य केन्द्रले चिकित्सकको माग गरेका छन् । तर, प्राथमिक स्वास्थ्य केन्द्रमा पठाउँदा उनीहरुको काम प्रभावकारी नहुने र अनुभव कम भएको भन्दै उनीहरुलाई वरिष्ठ चिकित्सकहरु भएको ठाउँहरुमा पठाउन प्राथमिकता दिइएको जनाइएको छ ।

Last modified on 2019-11-04 11:36:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts