धनी बन्दै नेपाल चिकित्सक संघ, भवन भाडामा लगाएर मासिक ६ लाख आम्दानी



Download our app to get more features

काठमाडौं, १८ कात्तिक । चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघ अधिवेशनको संघारमा रहेको छ ।

अधिवेशन नजिकिँदै जाँदा डाक्टर नेताहरु व्यस्त छन् । यता संघको साततले नयाँ भवन पनि लगभग निर्माण सम्पन्न भएको छ । सरकारको झण्डै आठ करोड अनुदान र विभिन्न विधागत चिकित्सकको संघसंस्थाबाट उठाइएको ३ करोड भन्दा बढि रकमबाट बनाउन सुरु गरिएको भवन निर्माण सम्पन्न भैसक्न नपाउँदै संघले भाडा उठाउन थालेको हो ।

संघका प्रमुख प्रशासकीय अधिकृत मिलनचन्द्र खनालले तिन तला भाडामा दिइएको जानकारी दिए । प्रदर्शनीमार्गस्थित काठमाडौं मोडल अस्पतालसँगै रहेको संघको तीनतला बराबर झण्डै ६ लाख भाडा उठ्ने भएको छ । खनालका अनुसार काष्टमण्डप कन्सल्टान्टले टेण्डर पारेर तीनवटा तला विभिन्न व्यवासायीहरुलाई भाडामा लगाएको छ ।

जसका लागि संघले मासिक ५ लाख ८५ हजार पाउँछ । १० करोड लागत अनुमानमा सुरु गरिएको भवन निर्माण सम्पन्न भएपनि यसको यकिन लागत भने हिसाव नभैसकेको खनालले बताए । नयाँ भवन बनेसँगै संघले पैसा हाल्ने सबै विधागत चिकित्सकहरुको संघ संस्थालाई एकएक कोठा दिएको छ । अब ती संस्थाहरुले आजीवन उक्त स्थान भोगचलन गर्न पाउनेछन् ।

Last modified on 2019-11-15 14:06:31

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts