डडेलधुरामा अनशन बस्ने ठाउँ खोज्दै डा. केसी, तत्काल निर्मल क्लिनिक भएको घरबाट सुरु गर्ने



Download our app to get more features

डडेलधुरा, १८ कात्तिक । कात्तिक १८ गतेदेखि १७ औं चरणको अनशन बस्ने पूर्वघोषणा गरेका चिकित्सक डा. गोविन्द केसी सोमवार डडेलधुरा पुगेका छन् । डडेधुरा पुगेसँगै डा. केसीले सामान्य स्वास्थ्य परीक्षण गरेपछि अनशनको तयारी थालेका छन् । 

अनशन सुरु गर्ने पूर्वघोषित कार्यक्रम अनुसार केसीले डडेलधुरामा अनशन बस्नका उपयुक्त स्थानको खोजीमा लागेका छन् । 

जस अनुसार उनले डडेलधुरा अस्पताल आसपासको क्षेत्र खोजेका छन् । डा. केसीले सार्वजनिक स्थानमा अनशन नबस्ने बताएका छन् । डडेलधुरा पुगेसँगै केसीलाई अस्पतालका कर्मचारी, स्थानीय नागरिक समाज र पत्रकार लगायतले सहजीकरण गरेका छन् । डा. केसीले तत्कालका लागि अस्पताल नजिकै रहेको निर्मल क्लिनिक र निश्चल फार्मेसी भएको घरको शिरानको तलामा अनशन बस्ने भएका छन् । 

डा. केसीले अनशन बस्ने घर 

Last modified on 2019-11-05 08:27:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts