डा.केसीको सत्याग्रह दोस्रो दिन पनि जारी, कांग्रेसले जनायो ऐक्यबद्धता



Download our app to get more features

डडेल्धुरा, १९ कात्तिक । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले सोमबार देखि सुरु गरेको १७ औं चरणको सत्याग्रह दोस्रो दिन पनि जारी छ ।

डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालबाट १०० मिटरको दुरिमा निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा कोठामा उनि अनशन बसेका थिए । डा. केसीले पत्रकार सम्मेलन गरेर सोमबार अपराह्न ५ बजे देखि अनशन सुरु गरेका हुन । डडेल्धुराको अत्याधिक चिसोका बाबजुत पनि सात बुँदे माग अघिसार्दै उनको अनशन जारी छ ।

यसैबिच सुदूरपश्चिम प्रदेशका सांसद तथा नेपाली कांग्रेसका पार्टी सभापति कर्णबहादुर मल्लले कार्यकर्ता सहित अनशनरत डा. गोविन्द केसीलाई भेटेर उनको सत्याग्रह प्रति ऐक्यबद्धता जनाएका छन । उनले डा. केसीलाइ भेटेर पवित्र महाअभियानमा डडेल्धुरा कांग्रेसको साथ रहेको बताएका छन । साथै उनले सम्पुर्ण सुदूरपश्चिमबासीमा गरिबको स्वास्थ्यको लागी थालिएको अभियानमा सहयोग गर्न अनुरोध समेत गरेका छन ।

Last modified on 2019-11-06 08:32:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts