रजिष्ट्रार नभएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट अन्तिम समयमा स्थगित



Download our app to get more features

काठमाडौं, २२ कात्तिक । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आजका लागि तय भएको सिनेट बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । 

सहकुलपतिको उपस्थितिमा शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बस्ने भनिएको सिनेट प्रतिष्ठानमा रजिष्ट्रार नहुँदा स्थगित भएको हो । प्रष्ठिानको नियमावलीमा रजिष्ट्रार बिना सिनेटको बैठक बस्न नसक्ने देखिएपछि सिनेट स्थगित गरिएको उपकुलपति गुरु खनालले बताए । उनले भने, धेरै पुरानो नियमावली छ त्यसमा बिना रजिष्ट्रार बस्न सक्ने जस्तो नदेखेर स्थगित गरिएको हो । अरु केही कारण छैन ।

आर्थिक वर्षको पहिलो चौमासिक सकिन लाग्दा समेत प्रतिष्ठानको सिनेट बस्न नसक्दा अझै बजेटसमेत पास भएको छैन । उपकुलपति खनालका अनुसार चार महिना हुनलाग्दा समेत बजेट पास नहुँदा पुँजीगत कामहरु रोकिएका छन् । दैनिक काम समेत प्रभावित भएको छ । सिनेटले बजेट स्वीकृत गरेपछि मात्र कार्यान्वयनमा जाने भएकाले बैठक बोलाइएपनि नियमावली विपरित भएपछि बैठक रोकिएको हो । 

अघिल्ला रजिष्ट्रार तुल बहादुर श्रेष्ठको गत भदौमा पदावधि सकिएसँगै प्रतिष्ठानमा रजिष्ट्रार पद रिक्त छ । प्रतिष्ठानको उपकुलपतिले सिफारिस गरेका तीनजना मध्येबाट सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीले एकजनलाई नियुक्त गर्ने व्यवस्था छ । 
 

Last modified on 2019-11-15 14:03:33

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts