नेपालका ११ प्रतिशत थारुलाई सिक्कलसेल एनिमियाः अध्ययन



Download our app to get more features

काठमाडौं, २२ कात्तिक । थारु समुदायका ११ प्रतिशत मानिसलाई सिक्कल सेल एनिमिया भएको पाइएको छ । 

सरकारको नीति तथा कार्यक्रम अनुसार अघिल्लो वर्षदेखि थारु समुदायमा गरिएको अध्ययनले ११ प्रतिशतमा सिक्कलसेल एनिमिया पोजेटिभ पाइएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले थारु समुदायमा हुने सिक्कलसेल एनिमियाबारे अध्ययन गर्न बर्दियाको बारबर्दिया नगरपालिकाका २० हजार मानिसको रगत संकलन गरेर जाँच गरेको थियो । सबैभन्दा बढि थारु समुदायको बसोबास रेहेको उक्त नगरपालिकाको १ देखि ७ नं वडाका सबै नागरिकको रगत संकलन गरेर अध्ययन गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष डा. अन्जनी कुमार झाले जानकारी दिए । 

'२० हजार नमूनाको वीर अस्पतालमा ल्याएर जाँच गरेर त्यसको रिपोर्ट आइसकेको छ ।' अध्यक्ष झाले भने, 'अहिले करिब ११ प्रतिशतमा सिक्कलसेल पोजेटिभ देखिएको छ । यो रिपोर्ट अब केहीसमयमा नै हामी सार्वजनिक गरेर स्वास्थ्य मन्त्रालयलाई दिन्छौं ।'

सरकारले थारु समुदायमा रहेको सिक्कल सेल एनिमिया नियन्त्रणको उचित कार्यक्रम ल्याउनुअघि रोगको अवस्थाबारे सर्वेक्षण गर्ने नीति लिएको थियो । सो अनुसार स्वास्थ्य अनुसन्धानको नियमनकारी निकाय समेत रहेको परिषदले अध्ययन गरेको हो । अध्ययनका लागि परिषद र स्थानीय बारबर्दिया नगरपालिकाले सहकार्य गरेका थिए । ७० प्रतिशतभन्दा बढि थारु समुदायको बसोबास रहेको उक्त नगरपालिकाले सिक्कलसेलका बारे चेतना विस्तार गर्न स्थानीय पाठ्यक्रममा समेत सिक्कलसेलसम्बन्धी सामाग्री राखेर पढाउन थालेको छ । 
 

Last modified on 2019-11-15 14:02:58

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts