डा. केसीको अनशनबारे चिकित्सक संघ बोल्यो, अविलम्व वार्ता थाल्न सरकारलाई आग्रह 



Download our app to get more features

काठमाडौं, २५ कात्तिक । चिकित्सा शिक्षा क्षेत्र सुधार लगायत विभिन्न माग राखी प्राध्यापक डा. गोविन्द केसी १७ औं चरणको अनशन बसेको आठौं दिनमा बल्ल चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले मुख खोलेको छ । 

संघले आफ्ना आजीवन सदस्य डा. केसीको जीवनरक्षाको माग गर्दै विज्ञप्ति निकालेको छ । केसीको अनशनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै संघले विज्ञप्तिमा भनेको छ, 'नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई संविधानको भावना र मर्म बमोजिम स्थानीय तहसम्म पुर्याइ सर्वसाधारण नागरिकहरुको सहज पहुँचका निम्ति पटकपटक शान्तिपूर्ण सत्याग्रहको माध्यमबाट नेपाल सरकार तथा नीित निर्माण तहमा रहेकाहरुलाई सजग गराउँदै आउनुभएका डा. केसी र नेपाल चिकित्सक संघबीच विगतमा भएका सम्झौताहरुको अक्षरस कार्यान्वयन गर्नु नेपाल सरकारको दायित्व भएको नेपाल चिकित्सक संघको ठहर छ ।'

संघले डा. केसीको जीवन रक्षार्थ उनीसँग तुरुन्त वार्ता गरी समस्या समाधानमा ठोस पहल गर्न पनि सरकारसँग माग गरेको छ । डा. केसी आठदिन यता आफुसँग भएको पूर्व सम्झौता पालना गर्न माग गर्दै आमरण अनशनमा रहेका छन् । 
 

 

Last modified on 2019-11-14 15:19:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts