डडेल्धुरामा नौ दिन अनशन बसेका डा. केसी उपचारका लागि धनगढी आउँदै



Download our app to get more features

धनगढी, २७ कात्तिक । डडेल्धुरामा ९ दिन अनशन बसेका चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसी उपचारका लागि कैलालीमा रहेको सेती प्रादेशिक अस्पताल धनगढीमा आउँदैछन।

उनले कात्तिक १७ गतेदेखि ७ बुँदे माग सहित आफ्नो १७ औँ सत्याग्रह थालेका थिए। तर मगंलबार राष्ट्रियताको संवेदनशिलताकै विषयमा देशभरमा जनस्तरबाट आवाज उठेको भन्दै डा. केसीले सत्याग्रह स्थगित गरेका थिए। उनले डडेल्धुरा अस्पतालमै पत्रकार सम्मेलन गर्दै अनसन स्थगित भएको घोषणा गरेका थिए। विगत ९ दिनदेखि भोकै बस्दा डा. केसीको स्वास्थ्य अवस्था बिग्रिएको छ।

उनको डडेल्धुरा अस्पतालमा उपचार हुन नसक्ने भन्दै अस्पतालले डा. केसीलाई थप उपचारका लागी कैलालीमा रहेको सेति प्रादेशीक अस्पताल धनगढीमा पठाएको छ। ‘उनको स्वास्थ्य अवस्था समान्य हुन केही समय लाग्छ, यता नहुँने भएर सेतीसँग समन्वय भएको छ’ डडेल्धुरा अस्पतालका मेुसु डा. जितेन्द्र कँडेलले भने ‘यता नहुने भएकाले उहाँ सेति अस्पतालका लागि ऐम्बुलेन्समा हिँडिसक्नुभयो।’ डा. गोविन्द केसीका भाई किशोर पनि उनिसँगै रहेको कँडेलले बताए ।

डा. केसीले धनगढी आउनुपूर्व डडेल्धुरामा रहेको उग्रतारा मन्दिरमा गएर दर्शन गरेका छन्।

Last modified on 2019-11-14 15:14:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts